उदयपुर /उदयपुरबाट संचालित नागरिक बहस डट कम अनलाइन पत्रिका आधिकारिक रुपमा सूचना तथा प्रसारण विभागमा दर्ता भएको छ । नेपाल पत्रकार महासंघ उदयपुर शाखाको समन्वयमा सूचना तथा प्रसारण विभागद्वारा आयोजित घुम्ति शिविरमा क्रिएशन मिडिया नेटवर्क प्रा.लि.द्वारा संचालित नागरिक बहस डट कम अनलाइन पत्रिका दर्ता भएको हो ।
अनलाइन पत्रिकाको कार्यालय त्रियुगा नगरपालिका ३ रहने गरी विभागको दर्ता नं. ११४३÷०७५–७६ मा दर्ता भएको हो ।
शिविरमा नागरिक बहस डट कमका संचालक सुखिलाल चौधरीलाई सूचना तथा प्रसारण विभागका निर्देशक सुमन बज्रचार्यले अनलाइन सञ्चारमाध्यम दर्ता प्रमाण पत्र हस्तान्तरण गरेको हो । यस अनलाइन पत्रिकाको सम्पादकमा सुष्मा कुमारी चौधरीलाई नियुक्ती गरिएको छ ।
यस्तै शिविरमा प्रतिनिधि प्रमाणपत्र नविकरण १३, नयाँ प्रतिनिधि प्रमाणपत्र वितरण ४३, अध्यक्ष कार्ड दुई वटा, टेलिफोन सिफारिस तीन, पत्रिकाको अस्थायी प्रमाण पत्र एक र स्थायी प्रमाण पत्र दुई एक वटा गरी तीन वटा दर्ता भएको थियो । अनलाइन दर्ता एक र नविकरण एक वटा भएको थियो ।
उदयपुर, सिरहा, सप्तरी, खोटाङ, ओखलढुंगा र सोलुखुम्बुको पत्रकारलाई लक्षित गरी उदयपुरमा शिविर संचालन गरेको थियो । शिविर बुधबार पनि जारी रहने नेपाल पत्रकार महासंघ उदयपुर शाखाका अध्यक्ष भरत खड्काले बताए । उनका अनुसार अझै प्रतिनिधि प्रमाणपत्र नविकरण, नयाँ प्रतिनिधि प्रमाणपत्र वितरण हुने बताए ।