उदयपुर / कटारी नगरपालिका १२ स्थित बसेरी स्वास्थ्य चौकी भवनको एक कार्यक्रमको विच उद्घाटन भएको छ । नेपाल सरकार शहरी विकास मन्त्रालयको सहयोगमा बनेको स्वास्थ्य चौकी भवनको कटारी नगरपालिकाका मेयर ज्ञानेन्द्र श्रेष्ठले उद्घाटन गरेका हुन् ।
२०६९ साल चैत ३२ गते शिलान्यास भएको शौचालय सहित २७ कोठे भवन २ करोडको लागतमा निर्माण भएको हो । २०५३ सालमा स्थापना भएको उप स्वास्थ्य चौकी स्थापना भएको ५ बर्ष सम्म उच्च मा.वि. बसेरीको छात्राबासको एक कोठामा संचालन भएको थियो । सोही उप स्वास्थ्य चौकी आज भौतिक पुर्वाधारयुक्त स्वास्थ्य चौकी बनेको छ । कार्यक्रममा प्रमुख अतिथि समेत रहेका मेयर श्रेष्ठले दक्ष जनशक्ति र स्वास्थ्य चौकीलाई चाहिने आवश्यक उपकरण समेत उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेका थिए ।
यस्तै कार्यक्रममा स्वास्थ्य चौकीलाई जग्गा दान गर्ने जग्गा दाता लाल बहादुर बस्नेत, निर्मला पौडेल, रामीका कार्की, लीला कार्की, देब कुमारी कार्की र भवन डिजाईनर गर्न सहयोग गर्नु हुने कटारी नगरपालिकाका सब इन्जिनियर ओम मिश्र समेतलाई दोसल्ला ओढाएर सम्मान पत्रसहित सम्मान गरेका थिए ।


भूगोलको हिसाबले पहाडी भेगमा बनेको भौतिक पुर्बधार युक्त भवन बने पछि स्थानिय भने खुसी भएका छन।अब यत्तिका सुबिधा सम्पन्न भवन बने पछि सेवा सुबिधा पनि पाइएला नी १२ नम्बर वडाका स्थानिय मेघ बहादुर खत्रीले भने ।
दुर्गम मानिएको हाम्रो वडामा स्वास्थ्य चौकी भवन बने पछि कटारी ११ र १२ नम्बर वडाका करीब २ सय घरपरिवार र दुधौली नगरपालिकाको १४ नम्बर वडाका स्थानियहरु समेतले सेवा लिन सक्ने वडाध्यक्ष चन्द्रदिप पौडेलले बताए । सबैको साथ सहयोगले यो भवन बनेको छ उनले भने“हामी त जनताको प्रतिनिधि जनताको आवश्यकता पूरा गर्नु हाम्रो दायित्व भएको अध्यक्ष पौडेलले बताए । कार्यक्रम बोल्दै कटारी २ का वडाध्यक्ष प्रेम बहादुर थापाले आफ्नो वडा नभए पनी आफुले सक्ने सबै किसिमको सहयोग गर्ने प्रतिबद्धता समेत गरे ।


प्रमुख अतिथि कटारीका मेयर ज्ञानेन्द्र श्रेष्ठ, सभापति चन्द्रदिप पौडेल, अतिथि २ नम्बर वडाध्यक्ष प्रेम बहादुर थापा, ७ का वडाध्यक्ष धनकुमार दनुवार, नगरपालिका प्रमुख प्रशासकीय अधिकृत रमेश गौतमको आतिथ्यमा सम्पन भएको उक्त कार्यक्रममा उच्च मावि.बसेरीका बिद्यार्थीहरुले स्वागत गर्दै दक्ष जनशक्ति र अत्याधुनिक मेसिन उपकरणहरु समेत उपलब्ध गराउन भाव सहितको कविता जनप्रतिनिधि सामू राखेका थिए ।

तपाईको प्रतिक्रिया