उदयपुर / उदयपुरको ताप्ली गाउँपालिकामा ईन्टरनेट सेवा बिस्तार भएको छ । गाउँपालिका ४ ठानागाउँमा राखिएको नेपाल टेलिकमको टावरमा रेडियो लिंक जडान गरी गाउँपालिकाको कार्यालयमा ईन्टरनेट सेवा सुचारु गरिएको हो ।
करिब १ लाख १५ हजारको लागतमा ठानागाउँको टावरबाट १५ किलोमिटरसम्म डाटा ट्रान्सफर हुने रेडियो लिंक र गाउँपालिका कार्यालयमा रिसिभर डिभाईस राखिएपछि ईन्टरनेट सेवा सुचारु भएको हो । रेडियो लिंक मार्फत इन्टरनेट सेवा संचालनमा आएपछि इमेल खोल्न र लेखाको सूत्र सफ्टवयर खोल्न कटारी जानु पर्ने बाध्यताबाट मुक्त भएको गाउँपालिकाका अध्यक्ष उद्धबसिंह थापाले जानकारी दिए । टु एमबीपिएसको स्पिडमा संचालन भईरहेको ईन्टरनेट १० वटा सम्म कम्प्युटरमा संचालन गरिएको अध्यक्ष थापाले जानकारी दिए । ईन्टरनेट सेवा सुरु भएपछि सूचना आदानप्रदानमा सहज भएको अध्यक्ष थापाको भनाई छ । ईन्टरनेट संचालन भए सँगै गाउँपालिकाको बेवसाईट नियमित रुपमा अपडेट गर्न थालिएको उनले बताए ।









