उदयपुर /जिल्ला कारागार गाईघाटका कैदी बन्दीहरुका लागि पहिलो पटक तीन महिने हाउस वाइरिङ तालिम शुक्रवारबाट सुरु गरिएको छ । घरेलु तथा साना उद्योग बिकास समिति उदयपुरले कैदी तथा बन्दी जिवन बिताई राखेकाहरुका लागि पहिलो पटक यस्तो तालिम सञ्चालनमा ल्याएको हो ।
जिल्ला समन्वय समिति उदयपुरका प्रमुख खड्गबहादुर परियारले तालिमपछि मात्र सिपयुक्त हुने भएकाले हरेक मानिसले सिप सिक्न सके स्वारोजगार बन्न मद्दत पुग्ने तालिमलाई उदघाटन गर्दै सो बताए ।
उनले भने राज्यले अबलम्बन गरेको सुखि नेपाली समृद्ध नेपालको सपनालाई यस्ता तालिमले टेवा पु¥याउने छ । जीवनमा सिप महत्वपूर्ण हुने बताउँदै सिपले स्वरोजगार बनाउने र यसले आयआर्जनमा योगदान पुग्ने बिश्वास लिएको प्रमुख परियारको भनाई रहेको छ । सिपमा दक्ष बन्न सके स्वरोगार बन्न कुनै समस्या नहुने बताए । घरेलुले कारागारका कैदी बन्दीलाई यस्तो तालिम दिएर महत्वपूर्ण काम गरेको छ । यहाँ रहेका कैदी बन्दीहरुले बाहिर निस्कदा कुनै न कुनै सिप लिएर निस्कन गरे स्वरोजगार हुने थियो । सिपले मानिसलाई आत्म निर्भर बनाउन मद्दत पुग्नेछ ।
त्यसैगरी जिल्ला प्रशासन कार्यालय उदयपुरका निमित प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले तालिममा सहभागीहरुलाई प्रशिक्षकसँग भएको ज्ञान तथा सिपलाई सके सम्म धेरै भन्दा धेरै लिने कोसिस गर्न आग्रह गरे । तीन महिनाको तालिमपछि दक्ष प्राविधिक भएर निस्कन शुभ कामना दिएका थिए ।
त्यसैगरी त्रियुगा नगरपालिका वडा नम्बर १० का वडा अध्यक्ष प्रकाशकुमार खड्काले राज्यले नै पछिल्लो पटक प्राविधिक शिक्षामा विशेष जोड् दिई रहेको अबस्थामा यस्तो तालिम महत्वपूर्ण हुने जानकारी दिए । ब्यवसायी र नैतिक शिक्षाले जिवनमा परिर्वतन ल्याउने भएकाले यस्तो शिक्षामा जोड दिनु पर्ने बताए । सिपले मानिसलाई स्वरोजगार बनाउने भएकाले यस प्रकारको शिक्षामा जोड दिनु पर्ने छ । यस्तो शिक्षा दिन सके बैदेशिक रोजगारमा कमि ल्याउन सकिने थियो वडा अध्यक्ष खड्का ।
घरेलु तथा साना उद्योग विकास समिति उदयपुरका निर्देशक शम्भुप्रसाद साहले कारागारका कैदी बन्दीहरुलाई पहिलो पटक तालिम सञ्चालन गरेको बताउँदै तालिमले उपलब्धी हासिल गरेको दोश्रो चरणको तालिम समेत सञ्चालन गर्न कार्यालय तयार रहेको जानकारी दिए । बिभागले दिएको स्वीकृत कार्यक्रममा १० जनालाई मात्र तालिममा समावेश गर्न सकिने भएकाले यहाँ भने उल्लेख सहभागीले आवेदन दिएको भएता पनि छोटो समय कैद भुत्तान गर्न बाँकी रहकाहरुलाई तालिम दिएको जनाउँदै आगामी दिनमा लामो समय कैदी जीवन बिताउनेहरुका लागि होजियार तालिम सञ्चानल गर्न सकिने बताए । कार्यक्रमको सञ्चालन लेखा अधिकृत दिलिप श्रेष्ठले गरेको थियो ।