उदयपुर / उदयपुरको सदरमुकाम गाईघाटमा हुने भयो मोटर साइकल महा मेला । गाईघाटका लागि यामाहा मोटर साइकल तथा स्कुटरको आधिकारिक विक्रेता सुमित्रा अटो वक्र्सको आयोजनामा मोटर साइकल महा मेला लाग्ने भएको छ ।
थरुहट रंगशालामा यहि मंसिर २४–२७ गतेसम्म विविध सांस्कृति कार्यक्रमसहित मोटर साइकल महा मेला कार्यक्रमको आयोजना हुने भएको छ । मेलामा प्रत्येक दिन टेस्टराइड, विभिन्न आकर्षक उपहार सहित क्विज कार्यक्रम समेत हुने छ । यस्तै कुनै पनि ब्राण्डको मोटर साइकलको १० हजार थप मूल्याङ्कनमा सहित एक्सचेन्ज अफर, प्रत्येक मोटर साइकलको खरिदमा ६ हजार छुट लगायतको कार्यक्रम रहेको सुमित्रा अटो वक्र्सका प्रोप्राइटर रितेश कुमार महतोले जानकारी दिए । उनका अनुसार जुनसुकै कम्पनीको मोटर साइकलको फ्रि चेक अप र प्रत्येक डोर इन्ट्री कुपन मध्येबाट एक जनालाई लक्की विनर घोषित गरी कार्यक्रम समापनको दिन आकर्षक उपहारको समेत व्यवस्था रहेको प्रोप्राइटर महतोले जानकारी दिए ।

तपाईको प्रतिक्रिया