सिन्धुलीमा प्रहरीसहित २० जनाको आरडिटी पोजिटिभ
सिन्धुली । जिल्लामा २० जनामा आरडिटी पोजिटिभ देखिएको छ। सिन्धुली अस्पतालमा सोमबार गरिएको र्यापिड डाइग्नोस्टिक टेस्ट (आरडिटी) परिक्षणमा २० जनामा एन्टिबडी पोजिटिभ देखिएको हो।
कोरोना भाइरस संक्रमण नियन्त्रणका लागि फ्रन्टलाईनमा कार्यरत, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र जनप्रतीनिधिसहित १५९ जनामा गरिएको परिक्षणमा सिन्धुली अस्पतालका १२ जना र अन्य ८ जनामा आरडिटी पोजिटिभ देखिएको प्रमुख जिल्ला अधिकारी योगेन्...






