झापामा एकैदिन १५ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ४ सय ४४ पुग्यो

झापामा एकैदिन १५ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ४ सय ४४ पुग्यो
काठमाडौं । अद्यावधिक विवरण अनुसार झापामा एकै दिन १५ जनामा कोरोना पूष्टि भएको छ । त्यहाँ बुधबार विहान ५ जना र बेलुका १० जनामा कोरोना पुष्टि भएको प्रदेश १ को कोरोना इन्फर्मेशन डेस्कले जनाएको छ । कचनकवलमा अप्रत्यासित रुपमा संक्रमित बढेपछि प्रदेश १ का कोरोना संक्रमितको संख्या ७६ पुगेको हो । झापामा संक्रमितको संख्या २७ पुगेको छ । जसमध्ये कचनकवलका मात्रै २५ जना छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका...

रोग प्रतिरोधात्मक क्षमता बढाउन आयुर्वेदिक औषधि वितरण

रोग प्रतिरोधात्मक क्षमता बढाउन आयुर्वेदिक औषधि वितरण
उदयपुर । त्रियुगा नगरपालिकाको समन्वयमा सगरमाथा अञ्चल आयुर्वेद औषधलय उदयपुरले कोरोनासँग लड्न सक्ने रोग प्रतिरोधात्मक क्षमताको आयुर्वेदिक औषधिहरु निःशुल्क वितरण कार्य सुरु गरेको छ । आइतबार ४ गतेबाट त्रियुगा जनता बहुमुखी क्याम्पस मोतिगडाको क्वारेन्टाइनमा रहेका २६ जनालाई निःशुल्क आयुर्वेदिक औषधि बितरण तथा त्यहाँ योग प्रशिक्षण सुरु गरेको हो । कार्यलयले आत्माबल र रोगसँग लड्ने क्षमतावान आयुर्वेदिक औषधि...

प्रदेश १ का थप सात जनामा कोरोना सङ्क्रमण पुष्टि, संक्रमितको संख्या ४ सय ३४

प्रदेश १ का थप सात जनामा कोरोना सङ्क्रमण पुष्टि, संक्रमितको संख्या ४ सय ३४
विराटनगर । प्रदेश १ को प्रयोगशालामा गरिएको परीक्षणमा झापाका ५ जनामा कोरोना पोजेटिभ देखिएको हो। त्यस्तै वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको प्रयोगशालमा धनकुटा  र धरानका १–१ जनालाई कोरोनाभाइरस पुष्टि भएको हो। यीसहित प्रदेश १ मा संक्रमितको संख्या ६६ पुगेको छ । कुल संक्रमितको संख्या ४३४ पुगेको छ भने निको भएर घर फर्कनेको संख्या ४५ छ।

बुधबार थप २५ जनामा संक्रमण, संक्रमितको संख्या ४२७ पुग्यो

बुधबार थप २५ जनामा संक्रमण, संक्रमितको संख्या ४२७ पुग्यो
काठमाडौं । नेपालमा थप २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४ सय २७ पुगेको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाका अनुसार पछिल्लो २४ घण्टामा थप २५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । डा. देवकोटाका अनुसार ७ जना महिला र १८ जना पुरुष रहेका छन् । डा देवकोटाका अनुसार बाँकेमा ६ जना पुरुषहरु रहेका छन् । उनीहरु नरैनापुरका क्रमश १७ , २०,२८,३० ...

उदयपुरमा संक्रमित थप ८ जना कोरोनामुक्त भएर डिस्चार्ज

उदयपुरमा संक्रमित थप ८ जना कोरोनामुक्त भएर डिस्चार्ज
उदयपुर । विराटनगरस्थित कोडिभ १९ उपचार केन्द्रमा उपचाररत तीन उदयपुर भुल्केका तीन र पाँच भारतीय जमाती सहित बुधबार थप ८ जना कारोनामुक्त भएर डिस्चार्ज भएका छन् । योसँगै उदयपुरका संक्रमित २३ जना कोरोनामुक्त भएर डिस्चार्ज भएका छन् ।डिस्चार्ज हुनेमा उदयपुरको त्रियुगा नगरपालिका–३ भुल्केका ५२ वर्षीय मो.इद्रिस मिया, ४० वर्षीय मोहम्मद साविर मियाँ, १८ वर्षिय गुडु आलम छन् । त्यसैगरी भारतीय जमाति मोहम्वत साईद,...

थप १३ जनामा कोरोना संक्रमित

थप १३ जनामा कोरोना संक्रमित
काठमाडौं । बुधबार रुपन्देही र कपिलवस्तुमा थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भैरहवास्थित प्रदेश जनस्वास्थ्य प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा रुपन्देही र कपिलवस्तुमा गरी थप १३ जनामा कोरोना संक्रमण पुष्टी भएको हो । प्रयोगशाला स्रोतका अनुसार १२ जना कपिलवस्तु र एक जना रुपन्देहीका युवकमा कोरोना संक्रमण देखिएको हो । उनीहरु सबै जना भारतबाट फर्किएर क्वारेण्टाइनमा बसेका व्यक्‍ति हुन् । रुपन...

३८ जिल्लामा फैलियो कोरोना, कुन जिल्लामा कति संक्रमित

३८ जिल्लामा फैलियो कोरोना, कुन जिल्लामा कति संक्रमित
उदयपुर । स्वास्थ्य मन्त्रालयले मंगलबार थप ३२ नयाँ संक्रमित फेला परेको छ । हिजो २८ जना पुरुष र ४ महिला गरी ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । झापाका ९, मोरङका १, सुनसरीका १, सर्लाही २, काठमाडौँ ३, भक्तपुरमा १, मकवानपुरमा १, रामेछापमा १, ललितपुरमा १, सिन्धुलीमा १, लम्जुङमा १, कपिलवस्तुमा ४ र नवलपरासीमा १ नयाँ संक्रमित भेटिएका हुन् । भने धनकुटामा ५ जनाको सरकारले पुष्टी गरेको छैन् । योसँगै पुर...

धनकुटामा पुनः पाँच संक्रमित थपिए, १ नं. प्रदेशमा संक्रमितको संख्या ५९ पुग्यो

धनकुटामा पुनः पाँच संक्रमित थपिए, १ नं. प्रदेशमा संक्रमितको संख्या ५९ पुग्यो
धरान । धनकुटामा मंगलबार पुनः पाँच जना संक्रमित थपिएका छन् । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा पाँच जनामा कोरोना भाइरस पोजिटिभ पाइएको हो । प्रतिष्ठान सुत्रका अनुसार थप चार संक्रमितमा एक महिला र चार पुरुष रहेका छन् । ३४ बर्षकी महिलासहित २८, २९, ३५ र ३७ बर्षीय पुरुषमा संक्रमण पाइएको हो । यस्को स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट औपचारिक पुष्टि भने हुन बाँकी छ । दुई दिन अघ...

२७ संक्रमित थपिए, संक्रमित संख्या ४ सय २ पुग्यो

२७ संक्रमित थपिए, संक्रमित संख्या ४ सय २ पुग्यो
काठमाडौँ । स्वास्थ्य मन्त्रालयले थप २७ नयाँ संक्रमित फेला परेको जानकारी दिएको छ। स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा। विकास देवकोटाका अनुसार मंगलबार भेटिएका संक्रमित १७ वर्षदेखप ४२ वर्ष उमेर समूहका छन्। २७ जनामध्ये २४ जना पुरुष र ३ जना महिला छन्।झापाका ९, मोरङका १, सुनसरीका १, सर्लाही २, काठमाडौँ ३, भक्तपुरमा १, मकवानपुरमा १, रामेछापमा १, ललितपुरमा १, सिन्धुलीमा १, लम्जुङमा १, कपिलवस्तुमा ४ र नवलपर...

झापामा ९ र सुनसरीमा २ गरी थपिए ११ संक्रमित

झापामा ९ र सुनसरीमा २ गरी थपिए ११ संक्रमित
मंगलबार । प्रदेश नं. १ मा थप ११ जना व्यक्तिमा कोरोना संक्रमण देखिएको छ। संक्रमितहरूमध्ये झापाको कचनकवल गाउँपालिकाका ९ जना र सुनसरीका दुई जना छन्। सुनसरीमा देखिएका दुई जनामध्ये एक जना सशस्त्र प्रहरी रहेको खुलेको छ। झापामा थपिएका संक्रमितहरू भारतबाट आएका हुन्। सोमबार पनि गाउँपालिकाकै एक जना पुरूषमा संक्रमण देखिएको थियो। योसँगै कोरोना संक्रमितको संख्या ३ सय ९० पुगेको छ। आजै मात्र कपिलवस्तुमा ४ ...