उदयपुर । स्वास्थ्य मन्त्रालयले मंगलबार थप ३२ नयाँ संक्रमित फेला परेको छ । हिजो २८ जना पुरुष र ४ महिला गरी ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
झापाका ९, मोरङका १, सुनसरीका १, सर्लाही २, काठमाडौँ ३, भक्तपुरमा १, मकवानपुरमा १, रामेछापमा १, ललितपुरमा १, सिन्धुलीमा १, लम्जुङमा १, कपिलवस्तुमा ४ र नवलपरासीमा १ नयाँ संक्रमित भेटिएका हुन् । भने धनकुटामा ५ जनाको सरकारले पुष्टी गरेको छैन् ।
योसँगै पुरुष ३४४ जना र महिला ६३ जना गरी संक्रमितको संख्या ४ सय ७ पुगेको छ । यसमा रामेछाप, ललितपुर, सिन्धुली, र लम्जुङ नयाँ संक्रमित जिल्ला हुन् । यससँगै संक्रमितहरु रहेको जिल्ला ३८ पुगेको छ ।
मुलुकका सातै वटा प्रदेशमा कोरोना संक्रमण फैलिएको छ । अहिलेसम्म सबैभन्दा बढी प्रदेश ५ मा १७३ जनामा कोरोना संक्रमण देखिएको छ । त्यसपछि प्रदेश २ मा १३६ जनामा संक्रमण देखिएको छ । प्रदेश १ मा ५४ जनामा संक्रमण देखिएको छ भने वाग्मती प्रदेशमा २७ जनामा संक्रमण पुष्टि भएको छ । त्यसैगरी सुदूरपश्चिममा ५ (सबै निको भइसकेका छन्), गण्डकीमा ४ र कर्णालीमा एक जनामा संक्रमण देखिएको छ ।
तराईका २१ वटै जिल्लामा कोरोना संक्रमण फैलिएको छ । तराईका जिल्लामध्ये सबैभन्दा बढी प्रदेश ५ को बाँकेमा ९३ जना संक्रमित देखिएका छन् । त्यस्तै प्रदेश २ को पर्सामा ९१ जनामा कोरोना संक्रमण देखिएको छ ।
हालसम्म कपिलवस्तुमा ४६, उदयपुरमा ३३, रुपन्देहीमा २८, रौतहटमा २२, काठमाडौं र झापामा १२–१२, धनुषामा ८, धनकुटामा ६, सर्लाहीमा ५, कैलाली, बारा, दाङ र मोरङमा ४–४, चितवन, भक्तपुर र महोत्तरीमा ३–३, बागलुङ, बर्दिया, धादिङ, मकवानपुर, सुनसरी र नवलपरासी पश्चिममा २–२ जनामा कोरोना संक्रमण देखिएको छ । त्यस्तै भोजपुर, कञ्चनपुर, नवलपरासी पूर्व, सप्तरी, सिरहा, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, गुल्मी, खोटाङ, दैलेख, रामेछाप, ललितपुर, सिन्धुली र लम्जुङमा एक–एक जनामा संक्रमण पुष्टि भएको छ ।
गत २९ वैशाखमा २३, ३० वैशाखमा ८३, ३१ वैशाखमा २६, १ जेठमा ६, २ जेठमा १८, ३ जेठमा १४, जेष्ठ ४ गते १३ र जेष्ठ ५ गते ८० जनामा संक्रमण देखिएको छ ।
नेपालमा ३७ जना कोरोनामुक्त भएका छन भने २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सिन्धुपालचोक र बाँकेका रहेका छन् ।









