उदयपुर । विराटनगरस्थित कोडिभ १९ उपचार केन्द्रमा उपचाररत तीन उदयपुर भुल्केका तीन र पाँच भारतीय जमाती सहित बुधबार थप ८ जना कारोनामुक्त भएर डिस्चार्ज भएका छन् । योसँगै उदयपुरका संक्रमित २३ जना कोरोनामुक्त भएर डिस्चार्ज भएका छन् ।डिस्चार्ज हुनेमा उदयपुरको त्रियुगा नगरपालिका–३ भुल्केका ५२ वर्षीय मो.इद्रिस मिया, ४० वर्षीय मोहम्मद साविर मियाँ, १८ वर्षिय गुडु आलम छन् ।
त्यसैगरी भारतीय जमाति मोहम्वत साईद, २२ वर्षीय सलमान खान, २५ वर्षीय मलिन खान, ६६ वर्षीय मुस्तकिन र ४० वर्षीय मोहम्मद सनौला रहेका छन् । उनीहरु पनि भुल्केमै संक्रमित भएका थिए ।
यस अघि त्रियुगा नगरपालिका ३ भुल्केका मुक्तार मिया, रोशना खातुन, इमरान अहमद, परवेज आलम र मो. अजाद यसअघि नै डिस्चार्ज भईसकेका छन् ।
डिस्चार्ज भएका भारतीय नागरिकलाई विराटनगर–१५ स्थित रानी मरकज क्वारेन्टाइनमा र भुल्केका तीन जनालाई त्रियुगा नगरपालिका ३ मोतिगडा स्थित त्रियुगा जनता बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा राखिने जिल्ला स्वास्थ्य कार्यालय उदयपुरका प्रमुख मोहन सुवेदीले जानकारी दिए ।
उदयपुरमा ३३ संक्रमित मध्ये १० जना अझै उपचाररत रहेका छन् । प्रदेश १ मा कोरोना संक्रमितको संख्या ५९ पुगेको छ ।
सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया