खोटाङ । खोटाङमा एक जनामा कोरोना संक्रमण देखिएको छ । खोटाङको हलेसी तुवाचुङ नगरपालिका घर भएका २० वर्षिय पुरुषमा कोरोना संक्रमण पाइएको हो ।
तुवाचुङं नगरपालिकाका एक जनप्रतिनिधीका अनुसार वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा ३४ जनाको स्वाब परिक्षण गर्दा एकजनामा कोरोना संक्रमण देखिएको हो ।
स्वास्थ्य मन्त्रालयले भने यसको आधिकारीक पुष्टि गरेको छैन ।
कोरोना भाइरसको संक्रमण भएरनभएको थाहा पाउनका लागि नगरपालिकाका २ जना जनप्रतिनिधि, २ जना स्वास्थ्यकर्मी, ३ जना सुरक्षाकर्मी, १ जना वडासचिवको स्वाव पीसीआर परीक्षणका लागि शुक्रवार पठाईएको हो । यस्तै, क्वारेन्टाइनमा बसिरहेका १ जना र काठ्मण्डौंबाट उद्धार गरेर घर ल्याइएपछि होम क्वारेन्टाइनमा बसिरहेका २४ जनाको स्वाव पठाइएको थियो ।









