विराटनगर । प्रदेश १ मा पुनः एक जनामा कोरोना संक्रमण देखिएको छ । मोरङको रतुवामाई नगरपालिकाका २४ बर्षका पुरुषमा कोरोना पोजिटिभ भेटिएको हो ।
संक्रमित युवक तीन महिना अघि मुम्बईबाट थाहा भएको छ । विराटनगरस्थित उपचार कोभिड १९ उपचार केन्द्रका व्यवस्थापन संयोजक ज्ञानबहादुर बस्नेतले युवकमा संक्रमण भएको पुष्टि गर्नुभयो ।
यस अघि प्रदेश १ मा ३९ जना संक्रमितहरु भेटिएका छन् भने २२ जनाको उपचार भइरहेको र १७ जना उपचार पछि डिस्चार्ज भइसकेका छन् ।









