सिन्धुली । जिल्लामा २० जनामा आरडिटी पोजिटिभ देखिएको छ। सिन्धुली अस्पतालमा सोमबार गरिएको र्‍यापिड डाइग्नोस्टिक टेस्ट (आरडिटी) परिक्षणमा २० जनामा एन्टिबडी पोजिटिभ देखिएको हो।
कोरोना भाइरस संक्रमण नियन्त्रणका लागि फ्रन्टलाईनमा कार्यरत, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र जनप्रतीनिधिसहित १५९ जनामा गरिएको परिक्षणमा सिन्धुली अस्पतालका १२ जना र अन्य ८ जनामा आरडिटी पोजिटिभ देखिएको प्रमुख जिल्ला अधिकारी योगेन्द्रप्रसाद पाण्डेले जानकारी दिए।
अस्पतालमा गत शनिवारबाट आइसोलेसनमा भर्ना भएका दुई जना र क्वारेन्टाइनमा रहेका २ जनाको पिसिआर टेष्ट भने नेगेभिट आएको पाण्डेले बताए। प्रादेशीक अस्पताल हेटौंडामा गरिएको चारै जनाको पिसिआर रिपोर्ट नेगेटिभ आएको हो।
उता कर्मचारीहरुको र्‍यापिट टेष्टमा कोरोना पोजिटिभ देखिएपछि सिन्धुली अस्पतालका प्रवक्ता डाक्टर प्रसन्न राजभण्डारीले सबैमा सजक रहन र धैर्य गर्न भनेका छन् ।

तपाईको प्रतिक्रिया