बारा । नेपालमा थप एकजना पत्रकार कोरोना भाइरसबाट संक्रमित भएका छन् ।
बाराका कोरोना संक्रमित मध्ये एकजना पत्रकार भएको खुलेको होे ।
आज स्वास्थ्य मन्त्रालयले जारी गरेको सूचनामा बाराका एक जना र रौतहटका ८ जनामा कोरोना पुष्टि भएको उल्लेख छ । जसमध्ये एकजना पत्रकार रहेका छन् ।
यसअघि पर्सामा २, उदयपुरमा १ र जनकपुरमा १ जना पत्रकारमा पनि कोरोना संक्रमण पुष्टि भएको थियो ।
पछिल्लो अपडेट अनुसार ३०४ जनामा संक्रमण पुष्टी भईसकेको छ । दुई जनाको मृत्यु भएको छ । पहिलो मृतक सिन्धुलीपाल्चौककी महिला हुन भने दोस्रो बाँकेका पुरुष हुन् ।









