काठमाडौंको कपनमा एक जनामा कोरोना संक्रमण भएको वडाध्यक्षले पुष्टि गरे

काठमाडौंको कपनमा एक जनामा कोरोना संक्रमण भएको वडाध्यक्षले पुष्टि गरे
काठमाडौं । काठमाडौंको बुढानिलकण्ठ नगरपालिका कपनमा एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बुढानिलकण्ठ नगरपालिका वडा नम्बर १२ कपन स्थित तेञ्जिंग चोकमा एक जनामा कोरोना संक्रमण भएको वडाध्यक्ष शम्भुप्रसाद भट्टराईले पुष्टि गरेको छ । कोरोना संक्रममित देखिएपछि नगरपालिकाले वडा न। १०, ११ र १२ लाई शिल गर्ने निर्णय पनि गरेको छ ।

विराटनगर र धनकुटामा गरी तीन जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या २९५ पुग्यो

विराटनगर र धनकुटामा गरी तीन जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या २९५ पुग्यो
उदयपुर । प्रदेश १ मा आइतबार थप तीन जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षण अनुसार नयाँ संक्रमण पुष्टि भएको संख्या ३ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो । मन्त्रालयका अनुसार विराटनगरकी २९ वर्षीय महिला र विराटनगरकै ३६ वर्षका व्यक्तिमा कोरोना पुष्टि भएको हो । यस्तै धनकुटाकी ३४ वर्षीय महिलामा कोरोना देखिएको छ । उनीहरु सबैक...

नेपालमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या २ पुग्यो

नेपालमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या २ पुग्यो
नेपालगंज । बाँके नरैनापुरका आइतबार बिहान निधन भएका युवकमा कोरोना भाइरस संक्रमण पोजेटिभ पाइएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ। योसँगै नेपालमा कोरोना भाइरस संक्रमणका कारण निधन भएकाको संख्या दुई पुगेको छ। सम्मन्धित समाचार बाँकेको क्वारेन्टाइनमा रहेका युवाको मृत्यु सुत्केरी महिलाको कोरोना भाइरस संक्रमणका कारण निधन

कोरोना संक्रमितसँगै एउटै भान्सामा खाने अर्का पत्रकारमा देखिएन संक्रमण

कोरोना संक्रमितसँगै एउटै भान्सामा खाने अर्का पत्रकारमा देखिएन संक्रमण
उदयपुर । कोरोना संक्रमणको हट स्पट बनेको उदयपुरमा एक पत्रकारमा पनि कोरोना संक्रमण पुष्टि भएसँगै जिल्लामा उच्च सर्तकता बढाइएको छ । त्रियुगा नगरपालिकाका २५ वर्षीय पुरुषमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको परीक्षणमा ती व्यक्तिमा संक्रमण देखिएको हो । उनको विराटनगर स्थित कोशी कोरोना विशेष अस्पतालमा उपचार भईरहेको जिल्ला स्वास्थ्य कार्यालय प्र...

नेकपाका उदयपुर अध्यक्ष आइसोलेसनमा भर्ना

नेकपाका उदयपुर अध्यक्ष आइसोलेसनमा भर्ना
उदयपुर ।  उदयपुरका नेकपा अध्यक्ष विनोद कटुवाल आइतबार बिहानदेखि कटारी अस्पतालको आइसोलेसनमा भर्ना भएका छन् । कोरोना संक्रमित पत्रकारको सम्पर्कमा रहेका अध्यक्ष कटुवाल आफै अस्पतालको आइसोलेसनमा गएका हुन् । अध्यक्ष कटुवाल शुक्रबार कोरोना पुष्टि भएका २५ वर्षीय पत्रकारसँग सम्पर्कमा थिए । संक्रमित पत्रकार र अध्यक्ष कटुवाल सदरमुकाम गाईघाटमा एउटै घरमा बस्दै आएका थिए । अध्यक्ष कटुवाल र पत्रकारले भान्सासमेत ए...

स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार गर्ने पक्राउ

स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार गर्ने पक्राउ
काठमाडौं । प्रहरीले नागढुंगामा चेकिङका नाममा स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार गर्ने एक जनालाई पक्राउ गरेको छ। काठमाडौं चन्द्रागिरिका उत्तम कार्कीलाई प्रहरीले आइतबार बिहान पक्राउ गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी श्याम ज्ञवालीले जानकारी दिए। कार्कीविरूद्ध अभद्र व्यवहारको मुद्दा दर्ता गर्ने तयारी भइरहेको छ। शुक्रबार उक्त नाकाबाट काठमाडौं उपत्यका प्रवेश गर्न खोजेका प्रदेश-३ का जनस...

बाँकेको क्वारेन्टाइनमा रहेका युवाको मृत्यु

बाँकेको क्वारेन्टाइनमा रहेका युवाको मृत्यु
नेपालगञ्ज । बाँकेको क्वारेन्टाइनमा रहेका युवाको मृत्यु भएको छ । नरैनापुर गाउँपालिकाका स्वास्थ्य शाखाका प्रमुख मोइन खाँका अनुसार, नरैनापुरको दिपेन्द्र मावि, भोज भगवानपुरमा रहेको क्वारेन्टाइनमा बसेका २५ वर्षीय युवाको मृत्यु भएको छ । उनी वैशाख ३० गते भारतबाट आएर क्वारेन्टाइनमा बसेका थिए । गएराती तीन बजे वान्ता हुनुका साथै एक्कासी ज्वरो देखिएका उनको ६ बजेर ४० मिनेटमा मृत्यु भएको थियो । हिजोमात्रै ती...

नेपालमा थप १० जनामा संक्रमण पुष्टि, कुल संक्रमितको संख्या २९१ पुग्यो

नेपालमा थप १० जनामा संक्रमण पुष्टि, कुल संक्रमितको संख्या २९१ पुग्यो
काठमाडौँ । नेपालमा फेरि १० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकूमा भएको परीक्षणमा १० जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार बिहान विज्ञप्ति निकालेर जानकारी दिएको छ । योसँगै नेपालमा कुल संक्रमितको संख्या २९१ पुगेको छ । अहिलेसम्म नेपालमा एकजनाको कोभिड–१९ बाट ज्यान गएको छ । आइतबार बिहान संक्रमण पुष्टि हुनेमा सबै र...

नेपालमा कोरोना भाइरसका कारण पहिलो मृतक नै सुत्केरी महिला

नेपालमा कोरोना भाइरसका कारण पहिलो मृतक नै सुत्केरी महिला
काठमाडौं । धुलिखेल अस्पतालमा मृत्यु भएकी सुत्केरी कोरोना भाइरसको संक्रमणकै कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। मन्त्रालयले शनिबार राती विज्ञप्ति जारी गर्दै सुत्केरीको मृत्यु कोरोना भाइरसको संक्रमणका कारण भएको जानकारी दिएको हो। उनी नेपालमा कोरोना भाइरसको कारण मृत्यु हुने पहिलो व्यक्ती हुन्। हालसम्म नेपालमा २८१ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। जसमध्ये ३६ जना उपचारप...

धुलिखेल अस्पतालमा मृतक महिलाबारे थप अनुसन्धान गरिरहेका छौं : स्वास्थ्य मन्त्रालय

धुलिखेल अस्पतालमा मृतक महिलाबारे थप अनुसन्धान गरिरहेका छौं : स्वास्थ्य मन्त्रालय
काठमाडौँ । धुलिखेल अस्पतालमा बिहीबार बेलुकी निधन भएकी सुत्केरी महिलाको कोरोना भाइरस संक्रमणका कारण निधन भएको हो वा होइन भन्नेबारे सरकारले अध्ययन गरिरहेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ। स्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनका क्रममा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले ती महिलाको मृत्युबारे थप अनुसन्धान र विवरणहरु संकलन गरिरहेको र उनको कोरोना संक्रमणकै कारण मृत्यु भएको हो ...