उदयपुरमा टिपरको ठक्करले साइकल यात्री गम्भीर, चालक फरार
उदयपुर । उदयपुरमा टिपरको ठक्करले एक साइकलयात्री गम्भीर घाइते भएका छन् । घरदेखि साइकल चढेर गाउँ जाँदै गरेका बेलामा नदाहा–कन्चनपुर खण्डको सडकमा टिपरको ठक्करबाट बेलका नगरपालिका– २ तपेश्वरीका कुमार परियार गम्भिर घाइते भएको हो ।
जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार तिब्रगतिमा रहेको ना.७ ख ६००९ नम्बरको टिपरले परियारलाई आफनै साइडमा साइकल कुदाइ रहँदा ठक्कर दिएर घाइते बनाएको हो । परियारको दायाँ हात भाँच...













