उदयपुर । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले काँग्रेसको महाधिवेशन समयमै हुन नसके लोकतन्त्र खतरामा पर्ने सम्भावना रहेको बताए । नेपाल प्रेस युनियन उदयपुरले शुक्रबार गाईघाटमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै यस्तो बताएका हुन् । उनले काँग्रेसको महाधिवेशन भनेको लोकतन्त्रको आधारपनि भएकाले यहीँ प्रकृया रोकिए लोकतन्त्र खतरामा पर्ने र देशलाई नै अहित हुने संकेत दिए ।
काँग्रेस महाधिवेशन समयमा हुन सक्छ भन्ने जिज्ञासामा उनले पार्टी सभापति प्रष्ट वहुमतमा भएकाले यसै हो भन्न सक्ने अबश्था नरहेको तर समयमा महाधिवेशन नभए देशले ठूलै नोक्सानी व्यहोर्नु पर्ने बताए ।


उनले केपी ओलीको नेतृत्वको सरकारलाई इंगित गर्दै सरकार अवसरबाट चुकेको आरोप समेत लगाए । पत्रकार भेटघाटमा बोल्दै पौडे्लले कम्युनिष्ट सरकारले आफ्नो सत्तालाई टिकाई राख्ने राम्रो अवसर पाएपनि त्यसलाई सदुपयोग गर्न नसकेको प्रष्ट पारे ।
‘कम्युनिष्ट शासन व्यवस्थामा विकास कस्तो हुन्छ भन्ने जनताको चाहान थियो,’ पौड्ेलले भने, ‘त्यहीँ चाहना परिपूर्तिका लागि दुई तिहाई वहुमत दिए, तर जनताको भावनामा तुषारापात भयो ।’ भन्छन्, ‘एकल नेतृत्वको सरकारबाट समृद्ध नेपाल हुन्छ भन्ने जनताको चाहाना अहिलेको सरकारबाट कहिँ कतै देखिएन त्यसैले विकल्प खोजी रहेका छन् ।’
उनले सरकार सुशासनभन्दा पनि कुशासनतर्फ उद्धत देखिएकाले नेपाली काँगेस जनताको भावनामा आत्मसाथ गर्न जागरण अभियान लिएर गाउँ पसेको बताए । सरकारको कामकारवाही चित्त बुझ्दो नभएको अबश्थामा पार्टीलाई ‘खरोे र दरो’ बनाउन जनताको घरदैलोमा देशभरका नेता कार्यकर्ता हिडेको उनको भनाई छ ।
नेता पौड्ेलले मुलुक समृद्ध बनाउने हो भने कृषि क्रान्ति, पर्यटन र उर्जाशक्तिको विकास भएको जिकिर गरे । ‘जनता पीउने र खेतबारीमा लगाउने पानीबाट वञ्चित छन््,’ उनले भने, ‘सरकार पानी जहाज कुदाएर देश समृद्ध बनाउँछु भनेर सपना बाँडदै हिडेको छ ।’
पार्टीभित्रको आन्तरिक विवाद र गुटसम्बन्धि नेता पौडे्लले कुनै त्यस्तो गुटउपगुट र विवाद नरहेको स्पष्ट पारे । भावि पार्टी नेतृत्वको सवालमा उनले पार्टीभित्र त्यागी र क्षमता भएका एकसे एक नेता रहेकाले जो पनि नेतृत्वमा आउन सक्ने सम्भावना रहेकाले समयको माग र कार्यकर्ताको भावनाअनुसार मात्र आफु अघि बढ्ने बताए ।

तपाईको प्रतिक्रिया