उदयपुर । उदयपुरका युनिभर्सल डेण्टल हस्पिटल गाईघाटका संचालक प्रविण कुमार चौधरीको शनिबार विहान १० बजेको समयमा स्कुटी दुर्घटनामा परी मृत्यु भएको छ । सप्तरीको सुरुङ्गा नगरपालिका १ स्थित हनुमान चौकको लच्कामा दुर्घटना परी त्रियुगा नगरपालिका ३ मोतिगडाका प्रविण कुमार चौधरीको मृत्यु भएको हो ।

स.१० प ५८८७ नम्बरको स्कुटी चालक चौधरीले स.१ त ५००२ नम्बरको ट्याक्टर पछाडी ठक्कर दिँदा स्कुटी चालक चौधरीको घटना स्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय कडरबोनाका इन्चार्ज सुरेन्द्र कुमार श्रेष्ठले जानकारी दिए । उनका अनुसार स्कुटी तिव्रगतिका कारण अनियन्त्रित भैई ट्याक्टरलाई पछाडी डालामा ठक्कर दिएको थियो । ट्याक्टर, ट्याक्टर चालक प्रहरी नियन्त्रणमा रहेको छ ।
मृतकका बुबा हरिप्रसाद चौधरीका अनुसार विहान छिमेकीको विवाह मण्डपमा केही कामकाज गरिदिएर हस्पिटलको कागज बनाउनु पर्ने भन्द्र आमासँग पैसा मागेर निस्केको बताएका छन् । गाईघाटमा युनिभर्सल डेण्टल हस्पिटल गाईघाटमा विगत १२ वर्षभन्दा बढी समयदेखि सेवाग्राहीलाई सेवा दिँदै आएको छ ।



















