एन प्याब्सन उदयपुरले चैत २ गतेबाट वार्षिक परीक्षा संचालन गर्ने

एन प्याब्सन उदयपुरले चैत २ गतेबाट वार्षिक परीक्षा संचालन गर्ने
उदयपुर । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आगामी चैत ५ गतेभित्र कक्षा १ देखि ९ सम्मको परीक्षा लिन विद्यालयहरुलाई निर्देशन दिएसँगै राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एन प्याब्सन) उदयपुरले चैत्र २ गतेबाट वार्षिक परीक्षा गर्ने निर्णय गरेको छ । बुधबार बसेको नेशनल प्याब्सन उदयपुरको बैठकले सो निर्णय गरेको हो । एन प्याब्सन उदयपुरका अध्यक्ष सुमन कुमार चौधरीका अनुसार सरकारको निर्देशन...

यस वर्षको एसइई परीक्षामा पाँच लाख विद्यार्थी सहभागी हुने

यस वर्षको एसइई परीक्षामा पाँच लाख विद्यार्थी सहभागी हुने
काठमाडौं । चैत ६ देखि शुरु हुने माध्यमिक शिक्षा परीक्षा, कक्षा १० (एसइई) मा सहभागी हुन पाँच लाख १० हजार विद्यार्थीले फारम भरेका छन् । राष्ट्रिय परीक्षा बोर्डअन्तर्गतको परीक्षा नियन्त्रण कार्यालय, एसइईका अनुसार नियमिततर्फ चार लाख ९५ हजार र आंशिकतर्फ १५ हजार विद्यार्थीले परीक्षा आवेदन भरेका छन् । परीक्षा १७ चैतसम्म सञ्चालन हुनेछ । परीक्षामा सबैभन्दा बढी काठमाडौं र कम मनाङबाट सहभागी हुँदै छन् । काठम...

एसइई प्रि–बोर्ड परीक्षा शुरु

एसइई प्रि–बोर्ड परीक्षा शुरु
उदयपुर । उदयपुरमा माध्यमिक शिक्षा परीक्षा (एसइई) को पूर्व तयारी परीक्षा शुरु भएको छ । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएशन नेपाल (एनप्याब्सन) उदयपुरले एसइई प्रि–बोर्ड परीक्षा आइतबारबाट संचालन गरेको छ ।विद्यार्थीको क्षमता जाँच गर्न र कमजोरी पत्ता लगाई सुधारको मौका दिनका लागि केन्द्रिय स्तरदेखि जिल्ला स्तरसम्म एनप्याब्सनले पूर्व तयारी परीक्षा संचालन गरेको एनप्याव्सन उदयपुरका अध्यक्ष सुमन कुमा...

मेयर ज्ञानेन्द्र श्रेष्ठद्वारा सरस्वती मन्दिरको उद्घाटन

मेयर ज्ञानेन्द्र श्रेष्ठद्वारा सरस्वती मन्दिरको उद्घाटन
उदयपुर । उदयपुरको कटारी नगरपालिका ३ च्याँगाको चुरिया आधारभुत विद्यालय परिषरमा रहेको नवनिर्मित सरस्वती मन्दिरको उद्घाटन गरिएको छ । श्रीपञ्चमी अर्थात सरस्वती पुजाको अवसरमा कटारी नगरपालिकाका मेयर ज्ञानेन्द्र श्रेष्ठले एक कार्यक्रमको विच नवनिर्मित मन्दिरको उद्घाटन गरेका हुन् ।कटारी नगरपालिका ३ नं. वडा कार्यालयबाट विनियोजित ३ लाख सहयोग र १५ हजार जनश्रमदानमा नवनिर्मित सरसस्वती मन्दिरको उद्घाटन गर्दै मेय...

एसइइ परीक्षाको नतिजामा जिल्ला टप गर्ने दुई विद्यार्थी सम्मानित

एसइइ परीक्षाको नतिजामा जिल्ला टप गर्ने दुई विद्यार्थी सम्मानित
उदयपुर । गत वर्षको एसइइ परीक्षाको नतिजामा जिल्ला टप गर्ने दुई विद्यार्थीलाई व्रिलिएन्ट एकेडेमी चुहाडेले नगर पुरस्कार सहित सम्मान गरेको छ । व्रिलिएन्ट एकेडेमी चुहाडेबाट २०७५ सालको एसइइ परीक्षामा सामेल भई उदयपुर जिल्ला भरिकै नतिजामा सर्वाधिक अंक अर्थात जिल्ला टप गर्ने मध्ये सुवेच्छा राउत र चुडा कार्कीलाई सरस्वती पुजाको अवसरमा सम्मान गरेको हो । जिल्ला शिक्षा समन्वय समिति कार्यालयका जिल्ला शिक्षा अध...

विद्यार्थीको हात भाँच्ने स्वस्तिक पाठशालाका शिक्षक पक्राउ

विद्यार्थीको हात भाँच्ने स्वस्तिक पाठशालाका शिक्षक पक्राउ
लहान । गृहकार्य नगरेको भन्दै विद्यार्थीको हात भाँच्ने सिरहाको मिर्चैयास्थित स्वस्तिक पाठशालाका एक शिक्षकलाई प्रहरीले पक्राउ गरेको छ । गृहकार्य नगरेको भन्दै सिरहा नगरपालिका–२ निवासी १२ वर्षीय रितिक यादवलाई कुटपिट गरी हात भाँचिदिएको आरोपमा पाठशालाका शिक्षक ताराबहादुर कार्कीलाई प्रहरीले पक्राउ गरेको हो । कुटपिटबाट रितिकको बायाँ हात भाँचिएकाले शिक्षक कार्कीलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय मिर्...

स्वस्तिक पाठशालाका शिक्षकको कुटाईबाट विद्यार्थीको हात भाँचियो

स्वस्तिक पाठशालाका शिक्षकको कुटाईबाट विद्यार्थीको हात भाँचियो
राजेन्द्र महतो, लहान । बालमैत्री वातावरणमा अध्ययन गराउन सरकारले निर्देशिका बनाएपनि कतिपय विद्यालयमा अझै पनि बालबालिकाहरुलाई कुटेरै पढाउने गरिएको छ । जसका कारण बालबालिका घाइते भईरहेका समाचारहरु बारम्बार सार्वजनिक भईरहेका छन् । सिरहाको मिर्चेया नगरपालिका ६ स्थित स्वस्तिक पाठशालाका एक शिक्षकको कुटाईबाट विद्यार्थीको हात भाँचिएको छ । कक्षा ६ मा अध्ययनरत सिरहा नगरपालिका २ घर भई सोही विद्यालयको होस्टेलमा...

१०८ विद्यार्थीलाई न्यानो कपडा वितरण

१०८ विद्यार्थीलाई न्यानो कपडा वितरण
उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका ४ अन्तर्गतका ३ वटा सामुदायिक विद्यालयका १ सय ८ गरिव, विपन्न विद्यार्थीलाई न्यानो कपडा वितरण गरिएको छ । वडा कार्यालय आर्थिक वर्ष २०७६÷७७ को बालबालिका शिर्षक अन्तर्गत १ सय ८ विपन्न गरिव विद्यार्थीलाई एक कार्यक्रम विच न्यानो कपडा वितरण गरिएको हो । दिनहुँ बढ्दै गएको चिसोको कारण विपन्न गरिव विद्यार्थीहरुमा प्रतिकुल असर परेको भन्दै ट्रयाकसुटको सेट नै वितरण गरिएको त्र...

पुषको चिसो, कक्षा कोठामा छाता ओढेर पढ्न बाध्य विद्यार्थी

पुषको चिसो, कक्षा कोठामा छाता ओढेर पढ्न बाध्य विद्यार्थी
रोल्पा । चिसो र पानी परिरहेको मौसममा कक्षा कोठाभित्र विद्यार्थी छाता ओढेर बसिरहेका थिए भने शिक्षक पनि छाता ओढेरै पढाइरहेका थिए। पूरानो तथा जीर्ण भवनमा मात्र नभई नयाँ भवनमा समेत जस्ताबाट पानी चुहिन थालेपछि कोठाभित्र छाता ओढ्नुको बिकल्प नरहेको हो। पानी छल्न झोला कुनामा राखेर छाता ओढेर बेन्चमा बसेका छात्रछात्राहरुको दृष्यले नरमाईलो सन्देश दिइरहेको थियो। विद्यार्थीको बिजोग देखेका प्रअ झक्कु वलीले अति...

अनेरास्ववियु केन्द्रीय कमिटीले पूर्णता पायो (नामावली सहित)

अनेरास्ववियु केन्द्रीय कमिटीले पूर्णता पायो (नामावली सहित)
काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट अनेरास्ववियुको केन्द्रीय कमिटीले पूर्णता पाएको छ । शुक्रबार अनेरास्ववियुका संयोजक ऐन महर र सहसंयोजक रञ्जित तामाङले विज्ञप्ती जारी गर्दै केन्द्रीय कमिटीले पूर्णता पाएको घोषणा गरेको छ । अनेरास्ववियुको कुल ३३५ सदस्यीय केन्द्रीय कमिटी मध्ये साविक अनेरास्ववियुबाट १८० र साविक अनेरास्ववियू (क्रान्तिकारी) बाट १५५ जनाको प्रतिनिधित्व गराउँदै नामाव...