उदयपुर । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आगामी चैत ५ गतेभित्र कक्षा १ देखि ९ सम्मको परीक्षा लिन विद्यालयहरुलाई निर्देशन दिएसँगै राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एन प्याब्सन) उदयपुरले चैत्र २ गतेबाट वार्षिक परीक्षा गर्ने निर्णय गरेको छ । बुधबार बसेको नेशनल प्याब्सन उदयपुरको बैठकले सो निर्णय गरेको हो ।
एन प्याब्सन उदयपुरका अध्यक्ष सुमन कुमार चौधरीका अनुसार सरकारको निर्देशनको पालना गर्दै सो निर्णय गरेको बताए । जिल्ला स्तरीय परीक्षा पनि परीक्षा केन्द्र निर्धारण नगरी आ–आफ्नो विद्यालयमा गर्न पत्रचार गरिएको चौधरीले बताए ।
अध्यक्ष चौधरीका अनुसार कोरोना भाइरस (कोभिड–१९)को संक्रमणका कारण विद्यालयलाई सतर्कता अपनाउन पनि यस संस्थामा आवद्ध विद्यालयलाई पत्रचार गरेको बताए ।
आगामी चैत ६ गतेबाट १५ गतेसम्म विद्यालय शिक्षा परीक्षा (एसइई) हुने निर्धाति तालिका रहेको छ ।

तपाईको प्रतिक्रिया