उदयपुर । गत वर्षको एसइइ परीक्षाको नतिजामा जिल्ला टप गर्ने दुई विद्यार्थीलाई व्रिलिएन्ट एकेडेमी चुहाडेले नगर पुरस्कार सहित सम्मान गरेको छ । व्रिलिएन्ट एकेडेमी चुहाडेबाट २०७५ सालको एसइइ परीक्षामा सामेल भई उदयपुर जिल्ला भरिकै नतिजामा सर्वाधिक अंक अर्थात जिल्ला टप गर्ने मध्ये सुवेच्छा राउत र चुडा कार्कीलाई सरस्वती पुजाको अवसरमा सम्मान गरेको हो ।
जिल्ला शिक्षा समन्वय समिति कार्यालयका जिल्ला शिक्षा अधिकारी केदार कुमार गिरीले उनीहरुलाई नगद चेक हस्तान्तरण गर्दै सम्मान गरेको हो । उनीहरु जनही २५÷२५ हजारको चेक सहित सम्मानित भएका हुन् ।

तपाईको प्रतिक्रिया