काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट अनेरास्ववियुको केन्द्रीय कमिटीले पूर्णता पाएको छ । शुक्रबार अनेरास्ववियुका संयोजक ऐन महर र सहसंयोजक रञ्जित तामाङले विज्ञप्ती जारी गर्दै केन्द्रीय कमिटीले पूर्णता पाएको घोषणा गरेको छ ।
अनेरास्ववियुको कुल ३३५ सदस्यीय केन्द्रीय कमिटी मध्ये साविक अनेरास्ववियुबाट १८० र साविक अनेरास्ववियू (क्रान्तिकारी) बाट १५५ जनाको प्रतिनिधित्व गराउँदै नामावली सार्वजनिक समेत गरेको छ । 
अनेरास्ववियुको केन्द्रीय कमिटीमा सचिवालय १११ सदस्यीय, स्थायी कमिटी ४५ सदस्य रहने निर्णय भएको संयोजक ऐन महरले जानकारी दिएका छन् । उनका अनुसार संगठनको केन्द्रीय कमिटी अतिरिक्त अनुसार आयोग, लेखा आयोग र निर्वाचन आयोगको पनि संयोजक टुंगो लगाएको बताए ।
अनुशासन आयोगको अध्यक्षमा प्रविण अधिकारी र सचिवमा खेम मरासिनी, निर्वाचन आयोगको अध्यक्षमा भाष्कर खनाल र सचिवमा गजेन्द्र देव र लेखा आयोगमा धर्मेन्द्र रोकाया र सचिवमा मदन भुल (रोशन) रहेको कमिटी टुंगो लगाएको छ ।
केन्द्रीय कमिटीको नामावली










