रौतामाईमा स्वास्थ्य शिविरमा ८ सय ३५ जनाको जाँच

रौतामाईमा स्वास्थ्य शिविरमा ८ सय ३५ जनाको जाँच
उदयपुर । उदयपुरको रौतामाई गाउँपालिकाले आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविरमा ८ सय ३५ जनाले आफ्नो स्वास्थ्य जाँच गराएका छन् । गाउँपालिका केन्द्र वडा नं २ भुट्टारस्थित रसुवा माध्यमिक बिद्यालय परिसरमा सञ्चालित २ दिने शिविरमा १ सय ३५ रोगीलाई थप उपचारका लागि रेफर गरिएको छ । शिबिरमा स्त्री तथा प्रसुति सेवा, हाडजोर्नी तथा नसा, जनरल मेडिसिन, जनरल सर्जरी, रेडियोलोजी तथा ल्याव टेष्ट सेवा प्रदान गरिएको ग...

लागूऔषध प्रयोगकर्ताको रुट परिवर्तन, दमौतीबाट दुई जना पक्राउ

लागूऔषध प्रयोगकर्ताको रुट परिवर्तन, दमौतीबाट दुई जना पक्राउ
उदयपुर । उदयपुरमा लागू औषध सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्लाको त्रियुगा नगरपालिका ५ शिवालय मन्दिरबाट प्रहरीले शनिवार लागूऔषध सहित दुई जनालाई पक्राउ गरेको छ । अपरान्ह ४ बजे जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरी टोलीले दमौटीबाट गाईघाट तर्फ आउँदै गरेको स.४ प ३१०१ नम्बरको मोटरसाईकलमा चेकजाँच गर्ने क्रममा त्रियुगा नगरपालिका ४ बस्ने ३९ वर्षिय संजय कुमार झा र अर्का सोही वडाका ४० ...

उदयपुरमा विशालु सर्पको टोकाइबाट एक वृद्धाको मृत्यु

उदयपुरमा विशालु सर्पको टोकाइबाट एक वृद्धाको मृत्यु
उदयपुर । उदयपुरमा विशालु सर्पको टोकाईबाट एक वृद्धाको मृत्यु भएको छ । कटारी नगरपालिका १ का बेलस्रोत घर भएकी ६५ वर्षिय सन्तमाया विश्वकर्मालाई विशालु सर्पको टोकाईबाट मृत्यु भएको हो । विकलाई शुक्रबार साँझ ७ बजेको समयमा घरको आँगनमा विशालु गोमन सर्पले टोकेको प्रत्यक्षदर्शीले बताए । सर्पले टोकाईपछि उनलाई उपचारको लागि कटारी स्थित बेलस्रोत नेपाल आर्मी क्याम्पको सर्पदंश उपचार केन्द्रमा पुर्याएका थिए । विकक...

एक बालिका आफनै घरमा मृत फेला

एक बालिका आफनै घरमा मृत फेला
लहान । सिरहाको लहान नरपालिका ४ मा बुधबार दिउँसो आफनै घरमा एक बालिका मृत फेला परेकी छिन् । ज्योति लाल महतोको १३ वर्षीय छोरी गुरिया कुमारी महतो आफ्नै घरमा मृत फेला परेकी हुन् । मृतक गुरीया विगत केही दिन देखि शरीरिक रुपमा अस्वथ्य देखिएको मृतकको आमा शिला देवि महतोले बताईन् । मृतक बालिकाको लाश पोष्मार्टमको लागि रामकुमार उमाप्रसाद स्मारक अस्पताल लहानमा पठाएको छ भने घटना बारेमा थप अनुसन्धान भईरहेको ईलाक...

वडाको आयोजनामा निःशुल्क स्वास्थ्य शिविर संचालन

वडाको आयोजनामा निःशुल्क स्वास्थ्य शिविर संचालन
उदयपुर । कटारी नगरपालिका २ नं. वडा कार्यालयको आयोजनामा निःशुल्क स्वास्थ्य शिविर संचालन भएको छ । स्थानीय सरकार जनताको घरदैलोमा स्वास्थ्य सेवा पुर्याउने लक्ष्य अनुसार वडा कार्यालयले स्वास्थ्य शिविर संचालन गरेको हो । पहिलो पटक गरिएको शिविरमा आँखा र कानको जाँच गरिएको छ । शिविरमा जाँच गराउन आउनेको लागि सम्पूर्ण औषधिहरू वडा कार्यालयले निःशुल्क वितरण गरेको वडाध्यक्ष प्रेम बहादुर थापाले बताए । उनले भने, ...

सिरहामा एक महिलालाई घाँटी थिचेर हत्या, आशंकामा श्रीमान पक्राउ

सिरहामा एक महिलालाई घाँटी थिचेर हत्या, आशंकामा श्रीमान पक्राउ
राजेन्द्र महतो, लहान । सिरहामा एक महिलालाई घाँटी थिचेर हत्या गरिएको छ । करजन्हा नगरपालिका ११ (बस्तीपुर)को चन्देश्वर यादवको श्रीमती २९ वर्षिय रितु देबी यादवलाई घाँटी थिचेर हत्या गरिएको छ । आफ्नै घरमा स्थानीयहरुले रितुलाई देखेपछि प्रहरीलाई खबर गरेका थिए । रितुलाई घाटी थिचेर हत्या गरेको हुन सक्ने भन्दै श्रीमान चन्देश्वर यादवलाई अनुसन्धानको लागि नियन्त्रणमा लिएको ईलाका प्रहरी कार्यालय मिर्चैयाले जनाए...

अब मोटरसाइकलमा पछाडि बस्नेलाई पनि हेलमेट

अब मोटरसाइकलमा पछाडि बस्नेलाई पनि हेलमेट
काठमाडौं । अब दुई पाग्रे सवारीसाधान मोटरसाइकल तथा स्कुटरको पछाडि बस्नेले पनि हेलमेट लगाउनुपर्ने भएको छ । महानगरीय ट्राफिक महाशाखाले दुर्घटना न्यूनीकरणका लागि नयाँ नियम प्रस्ताव गरेको हो । ‘अब नयाँ सवारी ऐन आउँदैछ । त्यसमा यो प्रावधान राख्न लागिएको हो’, महाशाखा प्रमुख एसएसपी वसन्तकुमार पन्तले भनेका छन् । उनका अनुसार हेलमेट आईएसओ मान्यता प्राप्त मात्र प्रयोग गर्नुपर्ने प्रस्ताव गरिएको छ । पछिल्...

किराती समुदायमा यस वर्षको साकेला उभौली सुरु (फोटो फिचरसहित)

किराती समुदायमा यस वर्षको साकेला उभौली सुरु (फोटो फिचरसहित)
उदयपुर । प्रकृतिपुजक किराती समुदायले आप्mनो महान् पर्व ‘साकेला उभौली (धिरीनाम) ५०७९’ शनिबारदेखि धुमधामसँग मनाउन सुरु गरेका छन् । किरात मिथक अनुसार गर्मीयाममा चराचुरु्गी र जनावर गर्मी छल्न लेक (उचो भूभाग) तिर लाग्ने दिनको प्रतिक स्वरुप बैशाख पूर्णेका दिनलाई उभौलीको शुभारम्भ मान्ने गरिन्छ । जस अनुसार शनिबारदेखि सुरु भएको धिरीनामपर्व लगातार १ महिनासम्म विभिन्न कार्यक्रम गरी मनाउने गरिएको छ । धिरीनाम...

उदयपुरमा टिप्पर १ किलो मिटर तल खस्यो, सहचालक सहित दुईको घटना स्थलमै मृत्यु

उदयपुरमा टिप्पर १ किलो मिटर तल खस्यो, सहचालक सहित दुईको घटना स्थलमै मृत्यु
उदयपुर । उदयपुरमा आइतबार विहान करिव ६ बजेको समयमा दुर्घटना हुँदा सहचालक सहित दुई जनाको घटना स्थलमै मृत्यु भएको छ । सिद्धिचरण राजमार्ग अन्तर्गत कटारी घुर्मी खण्डको कटारी नगरपालिका १४ घुर्मी लामीडाँडामा ना.७ ख ७००० नम्बरको टिप्पर अनियन्त्रित दुर्घटनामा सहचालक सहित दुई जनाको घटना स्थलमै मृत्यु भएको छ । मृत्यु हुनेहरुमा सहचालक सिन्धुली दुधौली नगरपालिका ११ बस्ने २० वर्षिय लिला बहादुर सार्की र सोही टिप...

गाईघाटको तापक्रम ४० डिग्री पुग्यो

गाईघाटको तापक्रम ४० डिग्री पुग्यो
उदयपुर । उदयपुरमा यस वर्षकै सबैभन्दा बढी गर्मी शुक्रबार भएको छ । अत्याधिक गर्मीका कारण यस क्षेत्रको जनजीवन अस्तव्यस्त भएको छ । अत्याधिक गर्मीकै कारण जनजीवन र व्यवसाय प्रभावित भएका छन् । जेष्ठको पहिलो सातामै उदयपुरको तापक्रमले ४० डिग्री पुगेको छ । यस अघिका वर्षहरुमा ४० डिग्री तापक्रम कहिले पनि पुगेका थिएन । दिनभरि तातो हावा चल्न थालेपछि यहाँको जनजीवन निकै अस्तव्यस्त बनेको हो । अत्याधिक गर्मीले...