गर्भवतीको पेटमा बच्चा चल्न छोडेपछि अप्रेशन गरेर निकाल्न सफल
उदयपुर । उदयपुरमा एक गर्भवति महिलाको पेट भित्रको बच्चा चल्न छोडेपछि अप्रेशन गरेर निकालिएको छ । त्रियुगा नगरपालिका १० करमगाछीको २० वर्षिय आशा राईकी गर्भमा रहेको बच्चा चल्न छोडेपछि गाईघाट सिभिल हस्पिटल एण्ड ट्रमा सेन्टरले वैशाख २९ गते अप्रेशन गरेर निकालेका छन् ।
स्त्री रोग विशेषज्ञ डा. अजिजको टोलीले गर्भवति महिलाको पेटमा चल्न छोडेको ३ किलो ५ सय ग्रामको बच्चाको अप्रेशन गरेर निकाल्न सफल भएको हो...










