फाइल तस्विर

राजेन्द्र महतो, लहान । सिरहाको लहान नगरपालिका १९ गाढाबाट इलाका प्रहरी कार्यालय लहानले लागुऔषधसहित दुई जनालाई पक्राउ गरेका छन् । इलाका प्रहरी कार्यालय लहानबाट खटिएको प्रहरी टोलीले लहाननगर पालिका १९ गाढाको आँप बगैचाबाट चेक जाँच गर्ने क्रममा पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा लहान नगरपालिका ३ का २६ वर्षीय प्रवीण कुमार यादव र सोही नगरपालिका ८ का २९ वर्षीय अर्जुन कुमार महतो रहेको प्रहरीले बताएको छ ।
पक्राउ परेका यादव स७प ९३९१ नम्बरको मोटरसाइकल चलाउँदै आइरहेको थियो भने अर्को महतो मोटरसाइकल को पछाडी बसेर ५ लिटरको प्लाष्टिक ग्यालिनमा लागुऔषध बोकेका थिए ।
यादव र महतोलाई इलाका प्रहरी कार्यालय लहान मा राखिएको छ । उनीहरुको साथमा रहेको मोटरसाइकल तथा ३ थान मोबाइल पनि नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी प्रवक्ता तथा डिएसपी माधवराज खरेलले बताएका छन ।

तपाईको प्रतिक्रिया