सुखिलाल चौधरी, उदयपुर । उदयपुरमा अज्ञात रोगबाट नौं जना सिकिस्त विरामी परेका छन भने एक जनाको मृत्यु भई सकेको छ । उदयपुरको रौतामाई गाउँपालिका ६ नामन्तमा एकै खलकका नौं जनामा अज्ञात रोग देखा परेको हो । सुरुमा हात काँप्ने, विस्तारै खुट्टा, टाउँको अनि पूरै शरिर हल्लिएर काँप्ने रोगले नामन्तका खड्गबहादुर समाल मगरको सन्तान दरसन्तान विगत १० वर्षयता पीडित हुँदै आएको हो ।
यस्तै प्रकृतिको रोगले च्यापेर गत चैत २७ गते दुर्गाबहादुृर समाल मगरको ज्यान गईसकेको छ भने अर्का एक बृद्ध अन्तिम अवस्थामा पुगेका छन् । १० वर्षअघि काँप्ने रोगले छोएको ७० वर्षीय डम्बरबहादुर समालको अवस्था गम्भीर अवस्थामा पुगेको छ । १० वर्षदेखि हात काँप्न थालेका डम्बरबहादुरको शरिर अहिले एकै मिनेट अडिदैन । हात, खुट्टा टाउको सँगसँगै हल्लिने उनको दुईवर्षयता बोलीसमेत बसिसकेको छ । मुन्टो हल्लाएको हल्लाएकै, हात खुट्टा अनवरत रुपमा हल्लिरहने उनी २४ घण्टै ओछ्यानमा पल्टिरहनुपर्ने बाध्यता छ । विहान बेलुका खाना खुवाउने, दिसापिसाव लाने र हात मुख धोईदिने काम सबै नाति नातिनाले गर्नु परेको भतिजा मोहन समाल मगरले बताए ।
Posted by Nagarik Bahas नागरिक बहस on Sunday, 28 April 2019
डम्बर बहादुरकै सहोदर भाई ६४ वर्षीय तुलबहादुर, बहिनी ६२ वर्षीया नानुमायालाई रोगले च्यापिसकेको छ । त्यति मात्र होईन, अर्को काकाका छोरीहरु ४० वर्षीया हीरा र ३२ वर्षीया ललिताको पनि हालत उस्तै भईसकेको छ । ६४ वर्षिय जानुमाया, लैया, पुष्पा र २९ वर्षीय भलबहादुर ५ वर्षदेखि विरामी छन् ।
अर्का कटारी नगरपालिका १४ बेतनीमा गएकी एक बहिनीको पनि अवस्था उस्तै छ ।
५ वर्षदेखि काँप्न थालेका तुलबहादुरको हालत डम्बरबहादुरको जत्ति भईसकेको छैन । उनी चिया, खाना खान र लेखपढ गर्न हात काँपेर सक्दैनन्, तर बोली भने लटरपटर चल्छ । खाना र पानी खान अरुको सहारा चाहिन्छ भने शौचालय दुःखले आफै जान सक्छन् । तर, पछिल्लो ६ महिनायता भने उनलाई पनि व्यथाले निकै च्याप्दै लगेको छ । ‘मेरो अवस्था दाजु जत्ति भईसकेको छैन, तर अव उस्तै हुनेहोला’ उपचारार्थ उदयपुर अस्पताल ल्याइएका तुलबहादुरले भने ‘यो हाम्रो समाल खलकमा मात्र देखा परेको रोग हो । १० वर्षअघि देखिएको रोग अहिलेसम्म निको भएन, पत्ता पनि लागेन ।’
भतिजा मोहनका अनुसार यो रोग सबभन्दा पहिले काका डम्बरबहादुरमै देखा परेको हो । पछि विस्तारै सबै शाखा–सन्तानलाई गाँजेको हो । अहिलेसम्म एकजनाको शाखासन्तानहरुमा मात्र केन्द्रित रोग अहिलेसम्म ९ जनामा देखिएको उनले बताए । ‘मेरो बाजे खड्गबहादुरका छोराहरु काईला काका डम्बर, ठाईला तुलबहादुर, फुपु नानुमाया र काकाकी दुई छोरीहरु हीरा र ललितालाई हल्लिने रोग छ’ उनले भने ‘अर्का काकाका छोरा २९ वर्षीय भलबहादुर ५ वर्षदेखि र कान्छा काकाका छोरा २८ वर्षीय पुष्पलाई २ वर्षदेखि च्याप्न थालेको छ ।’
Posted by Nagarik Bahas नागरिक बहस on Sunday, 28 April 2019
काका र फुपुसँगै अस्पताल आएका भलबहादुरले वैदेशिक रोजगारीको क्रममा कतार हुँदै ५ वर्षपहिले रोगले भेटेको बताए । रोगले च्यापेको डेढवर्षपछि मात्र घर आएका उनलाई काम गर्दागर्दै मेसिनमा एक्कासी रोकिएको दाहिने हात १० मिनटपछि हल्लिन थालेको र भोलिपल्टदेखि देब्रे हात र ३ दिनपछि टाउको हल्लिन थालेको थियो । हात र टाउकोको उपचार गर्दा गर्दै पूरै शरिर काँप्न थालेपछि उनलाई कारखानाले फिर्ता पठाएको थियो । ‘कारखानामा मेसिन चलाउँदै थिएँ, स्वीच दबाउन खोज्दा एक्कासी हात रोकियो’ उनलाई अझै स्मरण छ ‘त्यत्ति वास्ता गरिन, तर भोलिपल्टदेखि देब्रे हात हल्लिन थाल्यो, अनि विस्तारै टाउको र शरिरै हल्लिन थाल्यो । कम्पनीले घर जा भन्यो, तर इलेगल भएकाले दुताबासबाट प्रक्रिया मिलाउँदा घर फर्कन डेढवर्ष लाग्यो ।’
Posted by Nagarik Bahas नागरिक बहस on Sunday, 28 April 2019
उनलाई पनि खाना र चिया खान, अक्षर लेख्न पढ्न नमिल्ने भईसकेको छ । कतारमा अस्पताल जाँदा टाउकोको सिटी स्क्यान गर्न र नशाको उपचार गर्न डाक्टले सुझाए पनि घर फर्केपछि गाउँलेको भनाई अनुसार धामी झाँक्री लगाउदै झारफुक गराएको उनले सुनाए । घर फर्कदा ठूला बाउ, काका र फुपुहरुलाई व्यथाले छोईसकेको हुनाले परिवारैको उपचार गर्न धामी बोलाएर झारफुक गरेको तर, रोग निको हुनुभन्दा झन् फैलिदै गएको उनको अनुभव छ । अर्का विरामी पुष्पले धामी लगाउँदा कुलपित्र बिग्रेको भन्दै पुजाआजा गरेको तर, निको नभएर पहिलो पटक अस्पताल आएको बताए ।
बिरामी परेकालाई अहिलेसम्म औषधि उपचार भने गरिएको छैन । उपचार गरेका दुर्गाबहादुरले काठमाडौं, विराटनगर जाँदा पनि रोग पत्ता नलागेको परिवारिक स्रोत बताउँछ । देवी देउता लागेको भन्दै धामी झाँक्रीको भर परेका पीडितले त्यसैमा दुई अढाई लाख रुपैयाँ खर्चेको बताए । ‘कुलदेवता बिग्रिएको, वायु लागेको भन्दै वर्षौंसम्म धामी झाँक्री गरेको रौतामाई गाउँपालिका–६ का वडाअध्यक्ष तिल बहादुर मगरले जानकारी दिए । उनले भने, ‘धामीझाँक्रीले वायु लागेको भन्दै झारफुक गर्दै बसेका छन्, ‘उमेर पनि बूढो हुँदै गयो रोगले पनि धेरै च्याप्दै जाँदा मृत्यु भएको देखिन्छ ।’ हिँडडुल गर्न समस्या नभए पनि खाना खान भने ठूलो समस्या रहेका बलबहादुरले रोग ठिक हुने विश्वास लिएर क्रिश्चियन भएको बताए । बलबहादुरले भने, ‘तर क्रिश्चियन भए पनि रोग ठिक भएन, धामीझाँक्री, कुलदेउता समेतले नभएपछि क्रिश्चियन हुँदा ठीक हुने भनेर क्रिश्चियन नभएको, तर पनि रोग निको भएन ।’ दुई सातापहिले काठमाडौं वीर अस्पतालमा जँचाउन गएका उनलाई डाक्टरहरूको हडतालका कारण औषधि उपचार गरिदिएन । मृत्यु हुने दुर्गाबहादुर, गम्भीर बिरामी डम्बरबहादुर र बल बहादुर लगयात बिरामी सबै समालमगर समुदायका एउटै परिवारका हुन् ।
Posted by Nagarik Bahas नागरिक बहस on Sunday, 28 April 2019
प्रारम्भिक उपचारमा संलग्न उदयपुर अस्पतालका डा. अरुण मण्डलले यो समस्या नशामा हुने समस्याका कारण भएको अनुमान गरिएको बताए । उनका अनुसार यस्तो रोगलाई ‘न्युरोलोजिकल डिजेनेरेटिम डिसअर्डर’ भनिने र नशा रोग विशेषज्ञबाट पत्ता लगाएर उपचार गर्न सके निको हुने संभावना छ । तर, रोग नै पत्ता नलागेकाले अन्यौल भएको डा. मण्डलले बताए ।
गाउँका एकै परिवारका दर्जनबढीलाई एकै खाले रोगले च्यापेको कुरा सार्वजनिक भएपछि प्रदेश सांसद नारायण बुर्जामगरले यसको उपचारबारे प्रशंग प्रदेशसभा बैठकमा केहीदिनअघि उठाएका थिए । हाउसमा कुरा उठेपछि सामाजिक विकास मन्त्रालयको निर्देशनमा प्रदेश स्वास्थ्य निर्देशनालयले जिल्ला स्वास्थ्य कार्यालयमार्पmत सबै रोगीलाई आईतबार दिउसो अस्पताल ल्याइएको जिल्ला जनस्वास्थ्य कार्यालय उदयपरका वरिष्ट जनस्वास्थ्य अधिकृत रमेश खकुरेलले बताए । उनका अनुसार प्रदेश निर्देशक भोगेन्द्र डोटेलको निर्देशन अनुसार कार्यालयबाटै गाडी पठाएर सबै विरामी झिकाइएकोमा र एकजना ल्याउनै नसक्ने गरी सिकिस्त विरामी भएकाले घरमै छाडिएको छ । खकुरेलले उनीहरुको उपचार गराउन विराटनगरस्थित न्युरो अस्पतालमा कुरा भईरहेको बताए ।









