उर्मिला दनुवार, उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका ९ राजाबासमा संचालित दुई दिने निःशुल्क स्वास्थ्य शिविर सोमवार समपन्न भएको छ । रेस्फेक उदयपुर र जिपी कोईराला फाउन्डेशन उदयपुरको आयोजना, त्रियुगा नगरपालीका वडा नम्वर ८ र ९ को आर्थिक सहयोग, ओरेक नेपाल उदयपुर, एच आर टिसी उदयपुर र जेसिस उदयपुरको समन्वयमा सिबिर सञ्चालन भएको थियो ।
सिबिरमा विराट मेडिकल टिचिगं हस्पिटलका डाक्टरहरुद्धारा स्त्रि तथा प्रसुति सेवा, नाख कान, घाटि, हाड जोर्डी, नसा सम्वन्धी, जेनेरल मेडिसियन, छाला, यौन रोग, कुष्ट रोग साथै सौन्र्दय सम्वन्धि सेवाहरु र रेडियोलाजी तथा ल्याब टेष्ट सम्वन्धि निःशुल्क चेक जाँच गरिएको छ । शिविरमा ५ सय जना महिला र २ सय १३ जना पुरुष गरि ७ सय १३ जनाको प्रत्यक्ष सहभागिता रहेको थियो भने छुटाछुटै सात क्षेत्रमा सेवा लिनेहरु जम्मा १ हजार ७ सय ८३ जना मध्ये महिला १ हजार २ सय ५० जना र ५ सय ३३ जना पुरुषले चेक जाँच गराएको जिपी कोईराला फाउण्डेशन उदयपुरका संयोजक मदन कटुवालले बताए । स्वास्थ्य शिविरमा सबै भन्दा बढि तल्लो पेट दुख्ने, पाठेघर सम्बन्धि, हाडजोर्नी र नसा सम्बन्धिका बिरामीहरुले जाँच गराएका छन् । शिविरमा उदयपुरको त्रियुगा नगरपालिका ७, ८ र ९ का नागरिकहरुले सेवा लिएका थिए । शिविर अम्वेबर जनता उच्च मावि राजावासमा सम्पन्न भएको थियो ।

तपाईको प्रतिक्रिया