उदयपुरमा कुखुराको चल्ला बोकेको बोलेरो ४ मिटर तल खस्यो, चालक गम्भिर
उदयपुर । उदयपुरमा सोमबार साँझ करिव ७ बजे बोलेरो दुर्घटनामा एक जना गम्भिर घाइते भएका छन् । उदयपुरगढी गाउँपालिका वडा नं. ३ चप्लेटी स्थित बा.१३ च ५६४८ नम्बरको बोलेरो दुर्घटना भएको थियो ।
कुखुराको चल्ला बोकेको बोलेरो कटारीदेखि ताप्ली गाउँपालिकाको इनामे जाँदै गरेकोमा अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ । घाइते हुनेमा ताप्ली गाउँपालिका २ का २३ वर्षिय आकाश राई रहेको प्रहरीले जनाएको छ । बोल...











