उदयपुर । उदयपुरमा सोमबार साँझ करिव ७ बजे बोलेरो दुर्घटनामा एक जना गम्भिर घाइते भएका छन् । उदयपुरगढी गाउँपालिका वडा नं. ३ चप्लेटी स्थित बा.१३ च ५६४८ नम्बरको बोलेरो दुर्घटना भएको थियो ।

कुखुराको चल्ला बोकेको बोलेरो कटारीदेखि ताप्ली गाउँपालिकाको इनामे जाँदै गरेकोमा अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ । घाइते हुनेमा ताप्ली गाउँपालिका २ का २३ वर्षिय आकाश राई रहेको प्रहरीले जनाएको छ । बोलेरो करिव ४ सय मिटर तल खसेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रवक्ता बेदप्रसाद गौतमका अनुसार घटनामा परी चालक गम्भीर घाइते भएका छन् । बाहिरी चोट पटक केही नभएपनि बोल्न नसक्ने अवस्थामा रहेकोले कटारी हस्पिटलमा उपचार पछि थप उपचारको लागि टिचिङ हस्पिटल काठमाडौं पठाएको छ । चल्ला बोकेको बोलेर पूर्णरुपमा क्षति भएको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया