उदयपुर । उदयपुरमा सोमबार थप दुई जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । बेलका र कटारी नगरपालिकाका एक÷एक जनाको मृत्यु भएको छ । बेलका नगरपालिका ४ का ५१ वर्षिय पुरुष र कटारी नगरपालिका ४ का २८ वर्षिय पुरुषको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय उदयपुरले जनाएको छ । पुरुषको विराट मेडिकल कलेज विराटनगरमा उपचारको क्रममा मगृत्यु भएको छ भने महिलाको नोवेल शिक्षण अस्पताल विराटनगरमा मृत्यु भएको छ । योसँगै जिल्लामा कोरोनाबाट मृतकको संख्या ४६ पुगेको छ ।

अहिलेसम्म १५ महिला र ३१ पुरुषको कोरोनाबाट मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय उदयपुरको तथ्याङ्कले देखाउँछ । जसमा त्रियुगा नगरपालिकामा २४ जना, कटारी नगरपालिकामा ४ जना, बेलका नगरपालिकामा ४ जना, चौदण्डीगढी नगरपालिकामा ९ जना, रौतामाई गाउँपालिकामा १ जना, उदयपुरगढी गाउँपालिकामा ३ जना र लिम्चुङबुङ गाउँपालिकामा १ जनाको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा जिल्लामा संक्रमण दर घट्न थालेको छ । सोमबार ६ महिला सहित १६ जनामा मात्रै संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयको तथ्यङकमा उल्लेख छ । थपिएका संक्रमितहरु चौदण्डीगढी नगरपालिकामा ५ महिला सहित १४ जना, ताप्ली गाउँपालिका र कटारी एक÷एक जनामा कोरोना संक्रमण पुष्टी भएको छ । योसँगै जिल्लामा कोरोना संक्रमितको संख्या एक हजार पाँच सय २० पुगेको छ ।

अहिलेसम्म सबैभन्दा बढी त्रियुगा नगरपालिकामा सक्रिय कोरोना संक्रमित रहेको छ । सक्रिय संक्रमितको संख्या त्रियुगा नगरपालिकामा २३९ महिला सहित ५४६ जना, कटारी नगरपालिकामा ५४ महिला सहित ११९ जना, चौदण्डीगढी नगरपालिकामा ६१ महिला सहित १२६ जना, बेलका नगरपालिकामा ६८ महिला सहित १३३ जना रहेको छ ।

उदयपुरगढी गाउँपालिकामा १७ महिला सहित ४६ जना, ताप्ली गाउँपालिकामा ४ महिला सहित ११ जना, रौतामाई गाउँपालिकामा ३१ महिला सहित ८२ जना र लिम्चुङबुङ गाउँपालिकामा ३४ महिला सहित ६९ जना सक्रिय संक्रमित रहेको जिल्ला स्वास्थ्य कार्यालय उदयपुरको तथ्याङ्कले देखाएको छ । अहिलेसम्म जिल्लाभरी ५ सय १ महिला र ६ सय १० पुरुष गरी १ हजार १ सय ११ सक्रिय संक्रमित रहेका छन् ।

सोमबार ३५ जना मात्रै कोरोनामुक्त भएका छन् । अहिलेसम्म कोरोनामुक्त हुनेको संख्या ३६३ पुगेको छ ।

 

तपाईको प्रतिक्रिया