उदयपुर । उदयपुरमा कोरोना संक्रमणबाट थप तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बेलका नगरपालिका, चौदण्डीगढी नगरपालिका र उदयपुर गाउँपालिकाका एक एक जनाको मृत्यु भएको छ । मृत्यु हुने सवै पुरुष हुन् ।

बेलका नगरपालिका ५ का ६० वर्षिय पुरुष, चौदण्डीगढी नगरपालिका ६ का ४४ वर्षिय पुरुष र उदयपुरगढी गाउँपालिका ३ का ५२ वर्षिय पुरुष हुन् ।

बेलका नगरपालिकाका ६० वर्षिय पुरुषको नोवेल मेडिकल कलेज विराटनगरमा उपचारको क्रममा मृत्यु भएको छ । चौदण्डीगढी नगरपालिकाका ४४ वर्षिय पुरुष र उदयपुरगढी गाउँपालिका ३ का ५२ वर्षिय पुरुषको विराट मेडिकल कलेज विराटनगरमा उपचारको क्रममा मृत्यु भएको छ । योसँगै जिल्लामा मृत्यु हुनेको संख्या ४२ जना पुगेको छ ।

अहिलेसम्म १३ महिला र २९ पुरुषको कोरोनाबाट मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय उदयपुरको तथ्याङ्कले देखाउँछ । जसमा त्रियुगा नगरपालिकामा २३ जना, कटारी नगरपालिकामा ३ जना, बेलका नगरपालिकामा ३ जना, चौदण्डीगढी नगरपालिकामा ८ जना, रौतामाई गाउँपालिकामा १ जना, उदयपुरगढी गाउँपालिकामा ३ जना र लिम्चुङबुङ गाउँपालिकामा १ जनाको मृत्यु भएको छ ।

जिल्ला स्वास्थ्य कार्यालय उदयपुरको शनिबारको तथ्याङ्क अनुसार २४ महिला र ३५ पुरुष गरी ५९ जनामा कोरोना संक्रमण पुष्टी भएको हो । चौदण्डीगढी नगरपालिकामा ९ महिला सहित १९ जना, बेलका नगरपालिकामा ७ महिला सहित १६ जना र लिम्चुङबुङ गाउँपालिकामा ५ महिला सहित १३ जना र उदयपुरगढी गाउँपालिकामा ३ महिला सहित ११ जनामा कोरोना संक्रमण देखिएको छ । योसँगै जिल्लामा कोरोना संक्रमितको संख्या १ हजार ४ सय ९० पुगेको छ ।

अहिलेसम्म सबैभन्दा बढी त्रियुगा नगरपालिकामा कोरोना संक्रमित र संक्रमणबाट मृत्यु भएको छ । सक्रिय संक्रमितको संख्या त्रियुगा नगरपालिकामा २२६ महिला सहित ५३९ जना, कटारी नगरपालिकामा ५२ महिला सहित ११४ जना, चौदण्डीगढी नगरपालिकामा ७३ महिला सहित १२६ जना, बेलका नगरपालिकामा ६७ महिला सहित १३४ जना रहेको छ ।

उदयपुरगढी गाउँपालिकामा १७ महिला सहित ४७ जना, ताप्ली गाउँपालिकामा ४ महिला सहित ११ जना, रौतामाई गाउँपालिकामा ३१ महिला सहित ८२ जना र लिम्चुङबुङ गाउँपालिकामा ४५ महिला सहित ८९ जना सक्रिय संक्रमित रहेको जिल्ला स्वास्थ्य कार्यालय उदयपुरको तथ्याङ्कले देखाएको छ ।

शनिबार ३३ जना मात्रै कोरोनामुक्त भएका छन् । अहिलेसम्म कोरोनामुक्त हुनेको संख्या ३०६ पुगेको छ ।

तपाईको प्रतिक्रिया