उदयपुर । कटारी नगरपालिका वडा नम्बर १ मा १५ बर्षिया छोरी बलात्कार पछि फरार रहेका बुवा २४ घण्टा भित्रै  पक्राउ परेका छन । गत मंगलबार घरमा कोही नभएको मौकाछोपी ३५ बर्षिय बुवाले छोरीलाई बलात्कार गरेको भन्ने सूचना पाए संगै खोजतलासको क्रममा अभियुक्तलाई प्रकाउ गर्न प्रहरी सफल भएको छ ।

सूचना पाए संगै ईलाका प्रहरी कार्यलय कटारी र बेलसोत प्रहरी चौकीका असई ज्ञान कुमार राउतको बिशेष टोलीले नियन्त्रण लिन सफल भएको डिसपी भण्डारीले बताए । कटारी २ बाट अभियुक्तलाई पक्राउ गरिएको प्रहरीले जानकारी दिए ।

घरमा कोही नभएको मौकापारी धम्की दिई बलात्कार गरेको पीडित छोरीले बताएकी छिन् । बलात्कार पछि पनि आफन्तलाई जानकारी गरे ज्यान मार्ने धम्कि दिएको पीडितले बताएकी छिन् । बालिकाको बिहीबार कटारी अस्पतालमा स्वास्थ्य जाँच गरिएको छ । आरोपित विरुद्ध अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया