उदयपुर । उदयपुरको कटारी नगरपालिकामा १५ बर्षिया छोरी बलात्कार पछि वुवा फरार भएका छन् । गत मंगलबार घरमा कोही नभएको मौकाछोपी ३५ बर्षिय वुवाले छोरीलाई बलात्कार गरेको भन्दै बिहीबार आमाले इलाका प्रहरी कार्यालय कटारीमा जाहेरी दिए लगत्तै उनी फरार भएका हुन् ।
उनको खोजी कार्य जारी राखिएको डिएसपी हेमन्त भण्डारीले जानकारी दिए । उनको भागेर जाने सम्भावित ठाउँहरु पहिचान गरी खोजीकार्य भैरहेको डिएसपीले बताए । घरमा कोही नभएको मौकापारी धम्की दिई बलात्कार गरेको पीडित छोरीले बताएकी छिन् ।
बलात्कार पछि पनि आमा र आफन्तलाई जानकारी गरे ज्यान मार्ने धम्कि दिएको पीडितले बताएकी छिन् । बालिकाको बिहीबार कटारी अस्पतालमा स्वास्थ्य जाँच गरिएको छ । आरोपित विरुद्ध हाडनाताकरणी अन्र्तगत मुद्दा चलाईने प्रहरीले जनाएको छ ।