उदयपुर । उदयपुरको चौदण्डीगढी नगरपालिका ८ पिडिवासमा करेन्ट लागेर एक जनाको घटना स्थलमै मृत्यु भएको छ । आइतबार बिहान अन्दाजी ६ः४५ बजेको समयमा अचानक बिजुलीको काठपोल (खम्बा) ढली उक्त तारबाट करेन्ट लाग्द स्थानीय ७१ बर्षिया भलमान विश्वकर्माको मृत्यु भएको प्रहरी जनाएको छ ।
मृतक भलमानको शव पोष्टमोर्टमको लागि नगर अस्पताल बेल्टार पठाइएको र घटनाको थप अनुसन्धान हुँदै गरेको समेत ईलाका प्रहरी कार्यालय बेल्टारले जनाएको छ ।
मृतक भलमान विश्वकर्मा सोही वडाका कार्यबाहक वडा अध्यक्ष गडुलमान विश्वकर्माको बुवा रहेको बुझिएको छ ।









