समाजसेवी दिव्यराजले बनाईदिए आमा बुबाको स्मृतिमा गुरुकुलमलाई ३० लाखको भवन
गाईघाट । भौतिक संरचना अभाव झेल्दै आएको त्रियुगा बैद्धिक गुरुकुलमले सुविधा सम्पन्न भवन पाएको छ । स्थानीय समाजसेवी दिब्यराज पोखरेलले करिब ३० लाखको भवन निर्माण गरी मंगलबार हस्तान्तरण गरेसँगै गुरुकुलमलाई भवन अभाव टरेको हो ।
समाजसेवी पोखरेलले आफ्ना स्वः पिता मायानाथ पोखरेल र माता यशोधादेवि पोखरेलको स्मृतिमा गुरुकुलमका बटुकहरुको लागी कक्षा संचालन र आवास भवन निर्माण गरेको छोरा राजन पोखरेलले बताए ।
‘ह...












