उदयपुर । देशभरका सामुदायिक विद्यालयमा १७ हजार २ सय २७ जना शिक्षकको दरबन्दी खाली रहेको शिक्षा तथा मानव स्रोत विकास केन्द्रले जनाएको छ । केन्द्रले रिक्त शिक्षकको पदपूर्ति गर्न शिक्षक सेवा आयोगलाई आग्रह गरेको छ । केन्द्रको तथ्यांकअनुसार उदयपुरमा चैत्र मसान्तसम्मा २ सय ७६ शिक्षकको दरबन्दी रिक्त हुँदैछ ।

प्राथमिक विद्यालय तहमा २ सय ११ जना, निम्न माध्यमिक तहमा ४९ जना र माध्यमिक तहमा १६ जना शिक्षकको दरबन्दी रिक्त रहेको छ ।
माध्यमिक तहमा विज्ञान र गणितमा ६/६ जना, सामाजिक शिक्षामा २ जना र अँग्रेजी र नेपालीमा १/१ जनाको दरबन्दी जिल्लामा अपुग रहेको छ । माध्यमिक तहमा विज्ञान र गणित शिक्षकको दरबन्दी बढी रिक्त रहेको छ ।

यस्तै निम्न माध्यमिक तहमा गणित/विज्ञानमा १२ जना, अँग्रेजीमा ११ जना, सामाजिक शिक्षामा ८ जना, नेपाली र गणितमा ७÷७ जना र विज्ञानमा ४ जनाको दरबन्दी रिक्त रहेको छ ।

निम्न माध्यमिक तहमा पनि बढी विज्ञान विषयको शिक्षकको दरबन्दी बढी रिक्त रहेको छ । विज्ञान विषयपछि निमाशि तहमा अँग्रेजी विषयको शिक्षकको दरबन्दी पनि उदयपुरमा बढी रिक्त रहेको छ ।

तपाईको प्रतिक्रिया