बेल्टार । लगातारको अबिरल बर्षा र हावाहुरीका कारण क्षति पुगेको धान वालीको तथ्याङ्क संकलन थालिएको छ । चौदण्डीगढी नगरपालिकाले १० वटै वडामा तथ्याङ्क संकलन थालेको हो ।
हावाहुरी र बर्षाका कारण कृषकहरुले लगाएको धानबालीमा क्षति गरेपछि केन्द्रको सर्कुलर बमोजिम कृषि ज्ञान केन्द्रको पत्रचार अनुसार तथ्याङ्क संकलन थालिएको चौदण्डीगढी नगरपालिकाका मेयर खगेन्द्र राईले जानकारी दिनुभयो । उहाँले लगत संकलन गरी प्रदेश तथा केन्द्र सरकारलाई पठाउने बताउनु भयो उहाँले वडा कार्यालय र कृषि शाखामार्फत वास्तविक क्षतिको विवरण टिपाउन पनि सबै कृषकहरुलाई आग्रह गर्नुभयो ।
चौदण्डीगढी नगरपालिका ५ का वडाध्यक्ष देवनारायण चौधरीले वडाका सवै टोल विकास संस्था वा व्यक्तिगत रुपमा हावाहुरी र पानीले क्षति धानको विवरण बुझाउन पत्रचार गरेको बताए ।
बुधबार बसेको मन्त्रिपरिषद् बैठकले वर्षाले धानबालीमा क्षति पुर्याएको विवरण संकलन र अध्ययन गरेर किसानलाई राहत दिने निर्णय गरेको छ ।