जापान सरकारको ९० लाख सहयोगमा सुबिधा सम्पन्न आँखा अस्पताल बन्ने

जापान सरकारको ९० लाख सहयोगमा सुबिधा सम्पन्न आँखा अस्पताल बन्ने
उदयपुर / उदयपुरको त्रियुगा नगरपालिका– १० बोक्से बाँसबारीमा आँखा अस्पतालको सुबिधा सम्पन्न भवन निर्माणका लागि जापान सरकारले सहयोग गर्ने भएको छ । आँखा अस्पतालको निर्माणाधिन भवनलाई निर्माण पुरा गरि सुबिधा सम्पन्न बनाउन नेपाल नेत्र ज्योति संघ उदयपुरका सभापति भागवत राउत र जापानका राजदुत मासामिचि साईगो ( H.E.Mr. Masamichi Saigo ) गत पुस १३ गते राजदुताबासको कार्यक्रममा सम्झौता भएको जानकारी दिएको छ । जापा...

उदयपुर जिल्ला बासीलाई प्रधानमन्त्री केपी ओलीले किन दिए धन्यवाद ! कारण यस्तो

उदयपुर जिल्ला बासीलाई प्रधानमन्त्री केपी ओलीले किन दिए धन्यवाद ! कारण यस्तो
उदयपुर / विश्व वातावरण दिवसमा दिवसको अवसरमा फलफुलका विरुवा रोप्ने जिल्ला मध्ये उदयपुर चौथो नम्बरमा परेको छ । एक नेपाली एक विरुवा कार्यक्रम अन्तरगत धेरै विरुवा रोपेकाले उदयपुर चौथो नम्बरमा परेको हो । विश्व वातावरण दिवस दिवस ५ जुन २०१८ मा प्रधानमन्त्री केपी ओलीले सिंहदरबार परिसरमा विरुवा रोपेर कार्यक्रमको सुरुवात गरेका थिए । धेरै फलफुलका विरुवा रोपेकोमा उत्साहजनक सहभागिताका लागि सम्पूर्ण उदयपुर जिल्...

उदयपुरमा प्रथम राष्ट्रिय बेटी सम्मेलन हुने

उदयपुरमा प्रथम राष्ट्रिय बेटी सम्मेलन हुने
रिता राउत / उदयपुर / उदयपुरमा प्रथम राष्ट्रिय बेटी सम्मेलन हुने भएको छ । बिहिवार मूलधार महिला सेवा केन्द्र (मासवेस) उदयपुरले पत्रकार सम्मेलन गरी सोको जानकारी गराएका हुन् । ‘सहन नपरोस् हिंसा र दुव्र्यवहार, स्वास्थ्य र शिक्षालाई बनाऔं चेलीबेटी सशक्तिकरणको हतियार’ भन्ने मूल नाराका साथ माघ १८,१९ र २० गते प्रथम बेटी सम्मेलन उदयपुरको सदरमुकाम गाईघाटमा हुने भएको छ । निःशुल्क सेनेटरी प्याडको व्यवस्थापन ...

बालविवाह न्यूनिकरणमा स्थानीय सरोकारवाला निकाय प्रतिवद्ध

बालविवाह न्यूनिकरणमा स्थानीय सरोकारवाला निकाय प्रतिवद्ध
रिता राउत / उदयपुर / उदयपुरमा धेरै बालविाह हुने गरेको त्रियुगा नगरपालिका ८ र ९ का स्थानीय निकाय, संघसंस्था, बुद्धिजीवी, शिक्षक शिक्षिका, बालक्लवहरु बालविवाह न्यूनिकरण गर्नको लागि प्रतिवद्ध भएका छन् । स्थानीय निकायदेखि सरोकारवाला निकायहरु बालविवाह रोक्न एकताबद्ध भएर अगाडी बढ्ने भएका छन् । त्रियुगा नगरपालिका ९ राजावासको ओरेक भवनमा सम्पन्न बालविवाह न्युनिकरणका लागि बृहत योजना बैठकमा सम्पूर्ण सहभागी ...

तीन महिने व्युटिपार्लर सम्बन्धी तालिम संचालन

तीन महिने व्युटिपार्लर सम्बन्धी तालिम संचालन
उदयपुर / ‘सीप सिकौं, उद्यमी बनौं’ भन्ने मूल नाराका साथ घरेलु तथा साना उद्योग विकास समिति उदयपुरद्वारा तीन महिने आधारभूत निःशुल्क व्युटिपार्लर तालिम संचालन गरेको छ । भगत सर्वजित कार्यक्रम अन्तर्गत श्रृजा व्युटिपार्लर एण्ड ट्रेनिङ सेन्टरको समन्वयमा तीन महिने आधारभूत निःशुल्क व्युटी पार्लर तालिम गाईघाटमा संचालन गरेको हो । तालिमको उद्घाटन गर्दै प्रमुख अतिथि जिल्ला समन्वय समितिका संयोजक खड्ग बहादुर पर...

कटारीको बसेरी स्वास्थ्य चौकी भवन उद्घाटन

कटारीको बसेरी स्वास्थ्य चौकी भवन उद्घाटन
उदयपुर / कटारी नगरपालिका १२ स्थित बसेरी स्वास्थ्य चौकी भवनको एक कार्यक्रमको विच उद्घाटन भएको छ । नेपाल सरकार शहरी विकास मन्त्रालयको सहयोगमा बनेको स्वास्थ्य चौकी भवनको कटारी नगरपालिकाका मेयर ज्ञानेन्द्र श्रेष्ठले उद्घाटन गरेका हुन् । २०६९ साल चैत ३२ गते शिलान्यास भएको शौचालय सहित २७ कोठे भवन २ करोडको लागतमा निर्माण भएको हो । २०५३ सालमा स्थापना भएको उप स्वास्थ्य चौकी स्थापना भएको ५ बर्ष सम्म उच्च म...

क्यान्सर पीडित दनुवारद्वारा आर्थिक सहयोगको अपिल

क्यान्सर पीडित दनुवारद्वारा आर्थिक सहयोगको अपिल
रिता राउत, उदयपुर / उदयपुरको त्रियुगा नगरपालिका ९ का बिदुर दनुवार आजभोली छोरा छोरीलाई एकोहोरो हेर्दाहेर्दै आँखा कत्तिखेर आँशुले पुरिन्छ उहाँलाई पत्तै हुदैन । क्यान्सले थलिएका दनुवार आफ्ना छोरा छोरीलाई हेर्दै आँशु बगाउँदै दिनचर्या विताई रहेका छन् । विगत एक वर्षभन्दा बढी समयदेखि निरन्तर रुपमा भक्तपुर क्यान्सर हस्पिटलमा उपचार गराउदै आएका दनुवारले आफ्नो उपचार गराउँदा गराउँदै लाखौ ऋण परिसकेको बताए । उ...

बाढीबाट विस्थापितलाई न्यानो कपडा

बाढीबाट विस्थापितलाई न्यानो कपडा
मोरङ / पुर्वी मोरङको रतुवामाई नगरपालिका ३ का अशक्तलाई न्यानो लत्ता कपडा वितरण गरिएको छ । गत असारमा आएको भिषण वर्षाले २१ घर बगरमा परिणत भएको थियोे । सो स्थानका स्थानीय विस्थापित अहिलेपनि पालमा बस्न बाध्य भएका छन् । उनीहरूलाई विश्व उल्टो मोटरसाईकल यात्री तथा संचारकर्मी चित्रकुमार कार्की र इन्जिनियर चुडामणि कार्कीले न्यानो लत्ताकपडा वितरण गरेका हुन । समाजसेवी कृष्ण कार्कीले २१ घर मध्ये अति विपन्न अप...

उदयपुर कारागारमा पहिलो पटक हाउस वाइरिङ तामिल सञ्चालन

उदयपुर कारागारमा पहिलो पटक हाउस वाइरिङ तामिल सञ्चालन
उदयपुर /जिल्ला कारागार गाईघाटका कैदी बन्दीहरुका लागि पहिलो पटक तीन महिने हाउस वाइरिङ तालिम शुक्रवारबाट सुरु गरिएको छ । घरेलु तथा साना उद्योग बिकास समिति उदयपुरले कैदी तथा बन्दी जिवन बिताई राखेकाहरुका लागि पहिलो पटक यस्तो तालिम सञ्चालनमा ल्याएको हो । जिल्ला समन्वय समिति उदयपुरका प्रमुख खड्गबहादुर परियारले तालिमपछि मात्र सिपयुक्त हुने भएकाले हरेक मानिसले सिप सिक्न सके स्वारोजगार बन्न मद्दत पुग्ने त...

निःशुल्क स्वास्थ्य शिविरमा एक हजारले सेवा पाए

निःशुल्क स्वास्थ्य शिविरमा एक हजारले सेवा पाए
उदयपुर / पूर्व विद्यार्थी समाज र त्रियुगा जनता बहुमुखी क्याम्पस मोतिगडाद्धारा संचालित एक दिने निःशुल्क स्वास्थ्य शिविरमा एक हजार भन्दा बढीले सेवा लिएका थिए । नोवेल मेडिकल कलेज विराटनगरको प्राविधिक सहयोग त्रियुगा जनता बहुमुखी क्याम्पसमा आयोजित निःशुल्क स्वास्थ्य शिविरमा पुरुष ३ सय २७ र महिला ५ सय ६०, बालबालिका ६५, वृद्धवृद्धा ७२ र अपाङ्ग १० गरी १ हजार ५ जनाले स्वास्थ्य सेवा पाएका हुन् । पूर्व विद्...