रिता राउत / उदयपुर / उदयपुरमा धेरै बालविाह हुने गरेको त्रियुगा नगरपालिका ८ र ९ का स्थानीय निकाय, संघसंस्था, बुद्धिजीवी, शिक्षक शिक्षिका, बालक्लवहरु बालविवाह न्यूनिकरण गर्नको लागि प्रतिवद्ध भएका छन् । स्थानीय निकायदेखि सरोकारवाला निकायहरु बालविवाह रोक्न एकताबद्ध भएर अगाडी बढ्ने भएका छन् ।
त्रियुगा नगरपालिका ९ राजावासको ओरेक भवनमा सम्पन्न बालविवाह न्युनिकरणका लागि बृहत योजना बैठकमा सम्पूर्ण सहभागी सरोकारवालाले यस्तो प्रतिबद्धता जनाएका हुन् । कार्यक्रममा विभिन्न संघसंस्था, स्थानीय निकाय लगायतले बालविवाह न्युूनिकरणको कार्यक्रम सञ्चालन गर्दै आएको भए पनि बालविवाहको घट्ना न्यूनिकरण हुन नसकेको भन्दै अवको कार्यक्रम एकद्धार प्रणलीबाट सञ्चालन गर्न आवश्यक रहेको औल्याएका छन् । कार्यक्रममा सहभागी सरोकारवाला निकायले अवको दिनमा बालविवाह न्यूनिकरणको लागि नगर र वडा स्तरिय बाल संरक्षण समिती, बालक्लव गठन गरि टोल विकासलाई चलायमान बनाई सचेतना कार्यक्रम अगाडी बढाउनु पर्ने निष्कर्ष निकालेका छन् ।
त्यसैगरि अधिकांश बालविवाह विद्यालयका कक्षा ७ र ८ का विद्यार्थीबाट हुने गरेको हुँदा अवका दिनमा वडा नं. ८ र ९ का विद्यालय स्तरमै विद्यार्थीहरुलाई बालविवाह सम्वन्धि स्कुल शिक्षा सञ्चालन गर्नु पर्ने, काउन्सिलको व्यवस्था गर्नु पर्ने, अभिभावकसंग नियमित अन्तरक्रिया गर्नु पर्ने लगायतको विषयमा छलफल भएको थियो । बालविवाह गरेका २० वर्षमुनिका बालवालीकाको तथ्याङक संकलन गरि सचेतनाका कार्यक्रम सञ्चालन गर्ने, राज्यको नीति अनुरुप स्थानीय तह कटिबद्ध भई अपराधको राजनीतीलाई निरुत्साहित गर्नु पर्ने लगायतको विषयमा छलफल भएको थियो । कार्यक्रममा वडा नम्वर ८ र ९ का वडाध्यक्ष सहित सम्पुर्ण सदस्यहरु, टोल विकास संस्थाका अध्यक्षहरु, विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरु र विद्यालयका प्रध्यानाध्यापक, महिला प्रहरी प्रमुख लगायत विभिन्न महिला तथा वालवालिकाको क्षेत्रमा काम गर्ने संघसंस्थाका प्रमुखहरुको सहभागिता रहेको थियो । कार्यक्रम महिला मानव अधिकार रक्षक सञ्जाल उदयपुर र ओरेक नेपालको आयोजना, ऐरावत सञ्चार समुहको संयोजन र त्रियुगा नगरपालिका ८ र ९ को समन्वयमा सम्पन्न भएको थियो ।