उदयपुर, मदन भण्डारी राजमार्ग बनेसंगै सप्तकोशी किनार चतरा क्षेत्रमा चहल पहल बढेको छ । एक दशकअघि विकट क्षेत्रमा पर्ने उदयपुरको पुर्वी क्षेत्रमा अहिले चलह पहल बाक्लिदै गएको छ ।
पूर्वी नेपालसँग सडक सञ्जाल जोड्ने मदन भणडरी राजमार्गको रुपमा हेरिएको कोसी चतरा पुल र भित्री मधेसबाट निर्माणधीन धरान, चतरा, गाईघाट, कटारी, सिन्धुली तथा हेटौँडा मदन भण्डारी वैकल्पिक लोकमार्गले गर्दा सो ठाउँको मुहार फेर्दै गएको हो । उदयपुरको मैनामैनी र सुनसरीको बराहक्षेत्र जोड्ने यो पुल सञ्चालनमा आएसँगै हेटौंडाबाट पूर्व क्षेत्रमा जाने वैकल्पिक बाटो पनि खुलेको छ ।
२०६५ सालमा सप्तकोसी नदीमा आएको बाढीले सप्तकोसी ब्यारेज उत्तर–पूर्वको बाँध फुटदा केही महिना अवरुद्ध गरेपछि त्यसको विकल्पमा पुल र लोकमार्ग प्रमुख बनेका थियो । पुल सञ्चालनमा आएसँगै पूर्व जाने एकमात्र बाटोको रुपमा रहेको महेन्द्र राजमार्गमा पर्ने सप्तकोसी ब्यारेजमा बाढीले क्षति पुर्याए पनि अब पूर्वसँगको सडक सम्पर्कविच्छेद नहुने भएको छ । मधेस आन्दोदलनको बेला नाकाबन्दीले पूर्व पश्चिम महेन्द्र राजमार्ग बन्द हुँदा राजधानीबाट पूर्वी नेपालको सम्बन्धविच्छेद भएको थियो । अब त्यो हुने अवस्था भने छैन ।
यस्तै कोशी करिडोर निर्माणको लागि सर्वेभएपछि त्यस क्षेत्रमा झनै व्यवसायिक चहलपहल बढेको छ । चतरादेखि दोलालघाटसम्म कोशी करिडोरको डिपिआर तयार भएको छ । त्यस्तै कोशी उच्च बाँधको हल्लाले पनि त्यस क्षेत्रमा मानिसहरु जग्गा किनेर आउनेको संख्यामा वृद्धि भएको छ भने होटलहरु थपिने क्रम जारी रहेको छ । यि चारै कारणले उदयपुरको पूर्वी क्षेत्रले आर्थिक, सामाजिक रूपमास्वरूप बदल्दै गएको उदयपुरको बेलका नगरपालिकाका नेकपाका नेता रमन भट्टराई बताउँछन् । ‘सप्तकोसीमा पुल बन्नु र धरान, चतरा, गाईघाट, कटारी, सिन्धुली तथा हेटौँडा वैकल्पिक लोकमार्गले बन्नु यस क्षेत्रको सौभाग्य खुलेको हो,’ उनले भने, ‘अहिले दुवै कारणले गर्दा पर्यटकीय गन्तव्यसमेत बनेको छ ।’


धार्मिक हिसावले बाराक्षेत्र वर्षमा एक पल्टा लाग्ने मेलामा अहिले दिन दिनै भक्तजनहरुको भिड लाग्ने गरेको बाराहा क्षेत्रमा व्यापार गरेर बसेकी कल्पना राईले बताईन् । उनका अनुसार पाँच वर्ष अगाडी यस क्षेत्रमा मेलाको दिन मात्रै भिडभाड हुने यस क्षेत्र अहिले दिन दिनै भक्तजनहरु आउने जाने गर्नाले व्यापार व्यवसाय फस्टाएको बताईन् । बाह्य तथा अन्तरिक पर्यटकको संख्यामा वृद्धि भएसंगै घर जग्गाको भाउ बढ्दै गएको उनले बताईन् । सप्तकोसीको चतरामा पुल सञ्चालनमा आएसँगै निर्माणधीन धरान, चतरा, गाईघाट, कटारी, सिन्धुली तथा हेटौँडा वैकल्पिक लोकमार्ग उदयपुरको लागि बरदान सावित भएको छ । जसको कारण गाईघाट पश्चिमभन्दा पनि पुर्वी उदयपुरका चौदण्डी र बेलका नगरपालिकाका क्षेत्रमा जग्गाको मूल्य अत्यधिक वृद्धि भएको छ । ग्रामीण बजारमा चहलपहल बढेको छ ।

कुनै वेला कौडीको भाउमा बिक्री नहुने जमिन अहिले लाखौँ रुपैयाँमा बिक्री हुन थालेको मैनामैनी चतराका स्थानीय बताउँछन् । ‘चतरा पुल’ सञ्चालनमा आएपछि मैनामैनी, रामपुरठोक्सीला, बसाहा, बेल्टारमा जग्गाको मुल्य बढेको छ,’ स्थानीय पदम राईले भने, ‘त्यसैगरी, सुनसरीको बराहक्षेत्र, भरोललगायतका ठाउँमा सडक छेउछाउ अत्यधिक वृद्धि भएको पाइन्छ ।’ चतराकै स्थानीय चन्द्रवती राई भन्छिन्, ‘एक दशकअघि एक घडेरी जग्गा ५० हजारमा पाइन्थ्थो ।, अहिले ८ लाख तिर्दा पनि पाइँदैन ।’ सुनसरी र उदयपुरलाई जोड्ने ‘चतरा पुल’ निर्माणसँगै वैकल्पिक मार्गसमेत निर्माण हुन थालेपछि जग्गाको मूल्य बढेको स्थानीय बताउँछन् । प्रतिरोपनी ३० हजार रुपैयाँमा पाउने जग्गाको मूल्य बढेर ८ लाख रुपैयाँसम्म पुगेको छ । मैनामैनीको कोठु क्षेत्रमा अहिले एक आना जग्गा पनि स्थानीयको छैन । त्यहाँका स्थानीय अहिले जग्गा बिक्री गरेर सुनसरीको झुम्का र इनरुवा आसपासको क्षेत्रमा बसाइँ सरेको उनै राईको भनाइ छ । चतरा क्षेत्रमा धमाधम होटल खुल्दै उदयपुरको वेलका नगरपालिकामा पर्ने मैनामैनीको चतरा क्षेत्रमा होटलहरू खुल्ने क्रम बढेको छ । सप्तकोसीको माछा खानकै लागि पर्यटकको संख्या बढ्न थालेपछि होटलहरू पनि बढ्दै गएको होटल व्यवसायीहरूको भनाइ छ । ‘चतरा क्षेत्रमा सप्तकोसीकै माछा, स्थानीय कोदो, फापरको ढिडो, अनि स्थानीय जातका कुखुराको मासु नै पाहुनाको लागि लोप्रिय छन’, स्थानीय होटल व्यवसायी ईश्वर गुरुङ भन्छन, ‘चतरा, सोमबारे, कोठु, रंगमहल क्षेत्रमा झण्डै दुई सय होटलहरु छन् ।’ सलल बगेको हरियो सप्तकोसीको किनारमा पिक्निक गर्नेदेखि जेटबोट चढ्ने, चतरा पुलमा सेल्फी खिच्नेको पनि त्यतिकै घुइचो लाग्ने गरेको छ । सप्तकोसीमा पाइने स्थानीय जातको माछा चतरा क्षेत्रका होटलमा बढी माग हुने गरेको तिकल राईको दाबी छ । प्रदेश १ कै नमुना चतरा क्षेत्र बन्छ सुनसरी बराहा क्षेत्र र उदयपुरको मैनामैनीबीचमा पर्ने चतरा क्षेत्र प्रदेश १ को नमुना पर्यटकीय गन्तव्य बन्ने घुम्न आउने पर्यटहरूको भनाइ छ । धरानबाट घुम्न आएका निर्मल राई पर्यटकीय नमुना केन्द्र बन्ने भएकाले प्रदेश सरकारले विशेष जोड दिनुपर्ने सुझाव दिन्छन् । ‘यहाँ अव्यवस्थित रूपमा बजारको विकास भएको देखिन्छ,’ उनले भने, ‘स्थानीय र संघीय सरकारलेभन्दा पनि प्रदेश सरकारले विशेष योजना ल्याएर पर्यटको पूर्वाधार विकास गर्न जरुरी छ,’ उनले भने, ‘प्रकृतिक दृष्टिकोणले सुन्दर छ ।’

तपाईको प्रतिक्रिया