मोरङ / पुर्वी मोरङको रतुवामाई नगरपालिका ३ का अशक्तलाई न्यानो लत्ता कपडा वितरण गरिएको छ । गत असारमा आएको भिषण वर्षाले २१ घर बगरमा परिणत भएको थियोे ।
सो स्थानका स्थानीय विस्थापित अहिलेपनि पालमा बस्न बाध्य भएका छन् । उनीहरूलाई विश्व उल्टो मोटरसाईकल यात्री तथा संचारकर्मी चित्रकुमार कार्की र इन्जिनियर चुडामणि कार्कीले न्यानो लत्ताकपडा वितरण गरेका हुन । समाजसेवी कृष्ण कार्कीले २१ घर मध्ये अति विपन्न अपाङ्गगता भएको १० घर समेत पत्रकार चित्र कुमार कार्की र इन्जिनियर चुडामणिा कार्कीको नेतृत्वमा घर बनिरहेका छन् । मंसिर २१ गते पुर्व प्रधानसेनापति रुक्मांगत कटवाल रतुवामाईका मेयर रविन राईले शिलान्यास गरेका थिए । घर बन्ने भए पछि स्थानीय हर्षित भएका छन् ।

तपाईको प्रतिक्रिया