रिता राउत / उदयपुर / उदयपुरमा प्रथम राष्ट्रिय बेटी सम्मेलन हुने भएको छ । बिहिवार मूलधार महिला सेवा केन्द्र (मासवेस) उदयपुरले पत्रकार सम्मेलन गरी सोको जानकारी गराएका हुन् ।
‘सहन नपरोस् हिंसा र दुव्र्यवहार, स्वास्थ्य र शिक्षालाई बनाऔं चेलीबेटी सशक्तिकरणको हतियार’ भन्ने मूल नाराका साथ माघ १८,१९ र २० गते प्रथम बेटी सम्मेलन उदयपुरको सदरमुकाम गाईघाटमा हुने भएको छ ।
निःशुल्क सेनेटरी प्याडको व्यवस्थापन गर्न सरोकारवाला निकायहरुलाई जोड दिने र देशभरीका बेटी, छोरी तथा महिलाहरु विच भावनात्मक सम्बन्ध र राष्ट्रिय एकता कायम गर्न प्रथम राष्ट्रिय बेटी सम्मेलन गर्न लागिएको पत्रकार सम्मेलमा संयोजक नजवुल खानले बताईन् । उनका अनुसार ७५ प्रतिशत महिलार र २५ प्रतिशत पुरुषको सहभागिता रहने प्रथम राष्ट्रिय बेटी सम्मलेन उदयपुर घोषणा पत्र जारी गर्दै समापन कार्यक्रम रहेको छ ।
सम्मेलनमा सेनेटरी प्याड निःशुल्क वितरण गर्न सरकारसँग जोडदार माग, त्रियुगा नगरपालिकाबाट महिला अंकित स्तम्भ निर्माण गर्ने कार्यक्रम रहेको छ । यस्तै सो कार्यक्रम सात वटै प्रदेशमा लागू गर्न दवाव दिने समेत कार्यक्रम रहेको पत्रकार सम्मेलनमा बताईन् ।
सरोकारवाला निकायहरुको सहकार्यमा त्रियुगा नगरपालिकाबाट विजारोपण गर्दै उदयपुर हुँदै १ नं. प्रदेशलाई महिला मैत्री नमूना प्रदेश घोषणा गर्न अग्रसर गराउने र देशव्यापी यो राष्ट्रिय अभियान संचालन गर्ने पत्रकार सम्मेलनमा संयोजक खानले बताईन् । यसको लागि सम्वन्धित स्थानीय तह, प्रदेश, केन्द्रिय सरकार तथा सरोकारवाला राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्वन्धित निकायहरुसंग सहकार्य साझेदारी गर्ने कार्यक्रमको लक्ष्य रहेको संयोजक खानले बताईन् ।

तपाईको प्रतिक्रिया