उदयपुरमा बलात्कारको अवस्था डरलाग्दो, ७ महिनामा २३ बलात्कारका घटना
उदयपुर, उदयपुरमा बलात्कारको अवस्था निकै भयाभह देखिएको छ । यहाँ पछिल्ला ७ महिनाको बीचमा कूल २३ जना महिला तथा बालिका बलात्कृत भएको तथ्याङ्क देखिन्छ भने १० जनालाई जबरजस्ती करणी उद्योगमा मुद्धा दर्ता भएको छ ।
श्रावण महिनामा जबरजस्ती करणीमा ४, भाद्रमा दुई र असोजमा २ वटा मुद्धा दर्ता भएको छ भने कार्तिकमा ७, पुसमा ५ र माघमा ३ वटा मुद्धा दर्ता जबरजस्ती करणीको घटना घटेको महिला तथा बालबालिका सेवा केन्द्रको...







