सिरहामा एलपी ग्यास सिलिन्डर लिकेजबाट आगलागी, साढे दुई लाखको क्षति
राजेन्द्र महतो, लहान । सिरहाको कल्याणपुर नगरपालिका ११ मा शनिबार विहान एलपी ग्यास सिलिण्डरको रेगुलेटर लिकेज भई आगलागी हुँदा साढे दुई लाख बराबरको धनमाल जलेर नष्ट भउको छ । ज्ञान मण्डलको घरमा खाना पकाउँदै गरेको अवस्थामा एक्कासी एलपी ग्यास सिलिन्डरको रेगुलेटर लिकेज हुँदा आगलागी भएको थियो ।
मण्डलको घरमा रहेको लत्ताकपडा, ३ क्विन्टल चामल, काठको दराज, बाकस, टेबुल, १० हजार नगद, जग्गाको लालपुर्जा लगायतका ...













