राजेन्द्र महतो, लहान । सिरहाको कल्याणपुर नगरपालिका ११ मा शनिबार विहान एलपी ग्यास सिलिण्डरको रेगुलेटर लिकेज भई आगलागी हुँदा साढे दुई लाख बराबरको धनमाल जलेर नष्ट भउको छ । ज्ञान मण्डलको घरमा खाना पकाउँदै गरेको अवस्थामा एक्कासी एलपी ग्यास सिलिन्डरको रेगुलेटर लिकेज हुँदा आगलागी भएको थियो ।
मण्डलको घरमा रहेको लत्ताकपडा, ३ क्विन्टल चामल, काठको दराज, बाकस, टेबुल, १० हजार नगद, जग्गाको लालपुर्जा लगायतका कागजपत्र जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय कल्याणपुरका प्रहरी नायव निरीक्षक तुलसी पोखरेलले जाकारी दिए । उनका अनुसार आगलागीबाट अन्दाजी २ लाख ५० हजार मुल्य बराबरको धन माल जलेर नष्ट भएको छ ।
आगलागी स्थानीय र प्रहरीको सहयोगमा आधा घण्टामा नियन्त्रणमा लिइएको प्रहरीले जानकारी दिए ।

तपाईको प्रतिक्रिया