
उदयपुर । उदयपुरमा समयमा उपचार नपाउँदा नवजात शिशुको ज्यान गएको छ । जिल्ला अस्पताल गाईघाटमा डाक्टर नहुँदा निजी अस्पतालमा अप्रेशन गरेर प्रसूति गराउन बाध्य भएकी लिम्चुङबुङ गाउँपालिका ४ बलम्ताकी पुनम राईको छोराको सोमबार राति ९ बजे ज्यान गएको हो ।
एक महिना अगाडी संचालनमा आएको गाईघाट सिभिल हस्पिटल एण्ड ट्रमा सेन्टर प्रालिमा प्रसूति गराउँदा नवजात शिशु राख्ने सघन कक्षको अभावमा शिशुको ज्यान गएको हो । प्रसूति सेवाका लागि पुनम राई दुई महिना अघिदेखि नै गाईघाटमै आफ्न्तमा रहेदै आएकी थिईन् । उनले गर्भ रहेको चार महिनामा पहिलो पटक त्रियुगा हस्पिटल प्रा.लि. गाईघाटमा भिडियो एक्सरे गरेकी थिईन् । त्रियुगा अस्पतालको डाक्टरले बच्चा जन्मिने समय चैत्र १७–२० गतेको भित्र तोकेको थियो । यस्तै चैत्र ६ गते विश्वास मेडिकल हल प्रा.लि. गाईघाटमा भिडियो एक्सरे गराउँदा त्यहाँका डाक्टरले चैत्र २० गतेको समय सिमा दिइएको थिथो ।
विश्वास मेडिकल हलको भिडियो एक्सरे रिपोर्ट जिल्ला अस्पतालका एक नर्सलाई चित्त नबुझदा उनकै सल्लाहमा चैत्र ७ गते गाईघाट सिभिल हस्पिटल एण्ड ट्रमा सेन्टर प्रा.लि.मा भिडियो एक्सरे गरेकी थिईन् । उनलाई डा. अजिजले चैत्र ८ गते नै अप्रेशन गर्नु पर्छ भनेर भनेका थिए । चैत्र ८ गते विहान अस्पतालमा आएपछि दिउँसो २ बजे अप्रेशन कक्षमा पुनमलाई लगेका थिए । अप्रेशन सफल भयो भन्दै डाक्टरले बच्चा ठिक छ, आतिनु पर्दैन भन्दै आफ्न्तलाई आश्वास दिँदै आएका थिए । एकाएक साँझ साढे सात बजेपछि तपाईको बच्चालाई बाहिर लैजानु पर्ने भन्दै हस्पिटलले नै एम्बुलेन्स बोलाएर रेफर गरेको पीडितका जेठाजु पदम राईले बताए । अस्पतालको कर्मचारीलाई उध्रित गर्दै सवै कुरा नोवेल अस्पताललाई भनि सकेको छु, अन्त्य कतै लैजानु पर्दैन, तपाईको बच्चा लैजानु पीडितका आफ्न्तले बताए । उनका अनुसार राति साढे नौ बजे नोवेल अस्ताल विराटनगर पुग्दा त्यहाँका डाक्टरले नवजात शिशुलाई चेक गर्दै विरामी ल्याउन ढिलो गर्नु भयो भन्दै विरामीको आफ्न्तलाई हप्काएको पीडितका आफ्न्त पदम राईले बताए ।

नवजात शिशुलाई पहिलो दिन भेन्टिलेटरमा राखेपछि दोस्रो र तेस्रो दिन एनआईसियुमा राखेका थिए । शिशुमा केही सुधान नहुने देखेपछि केही गर्न नसक्ने भन्दै डिसचार्ज गरिदिएका थिए । नवजात शिशुको अवस्था गाईघाटकै अस्पतालले विगारेको भन्दै घर लैजान नोवेल अस्पतालका डाक्टरले सल्लाह दिएको पीडितका आफ्न्तले बताए । नोवेल अस्पतालबाट डिसचार्ज भएपछि सोमबार साँझ पुनः गाईघाट सिभिल हस्पिटल एण्ड ट्रमा सेन्टर ल्याई पुर्याएको थियो । आफ्न्तका अनुसार नवजात शिशुले आमाको दुई चार चम्चा दुध खाएपछि सोमबार राति ९ बजे मृत्यु भएको बताउँछन् ।
पीडित परिवारका आफ्न्त पदम राईका अनुसार सुविधा नै नभएको ठाउँमा सुविधा छ भन्दै अस्पतालको लापरबाहीले नवजात शिशुको ज्यान गएको आरोप लगाएका छन् । उनका अनुसार हस्पिटलले अप्रेशनमा हेलचक्राई गरेको बताउँछन् । सवै थोक हुन्छ भन्दै व्यथा नलागि अप्रेशन गरेको आरोप परिवारहरुको रहेको छ । पीडित परिवारले हाम्रो धन पनि सकियो, ज्यान पनि सकियो, यो सवै अस्पतालको लापरबाहीबाट भएको आरोप लगाए । गाईघाट सिभिल हस्पिटल एण्ड ट्रमा सेन्टर प्रालिमा ४० हजार भन्दा बढी र नोवेल अस्पताल विराटनगरमा एक लाख भन्दा बढी खर्च भएको उनका परिवारले बताए ।
स्रोतका अनुसार अस्पतालको पहिलो अप्रेशन नै असफल भएको बताएका छन् । पुनम राईको नै पहिलो अप्रेशन हो जुन सफल हुन नसकेको बताए ।
पुनम राईकी श्रीमान नविन राई ५ दिन अगाडी मात्रै बैदेशिक रोजगारका शिलशिलामा कतार गएका छन् । पुनमकी यो दोस्रो सन्तान हुन् । पहिलो सन्तान छोरी साढे तीन वर्ष भैइसकेका छन् ।
हस्पिटल संचालक राम गुरागाइँका अनुसार मुटुमा समस्या देखिएपछि नवजात शिशुलाई सुविधासम्पन्न अस्पतालमा लैजान भनेको बताए । उनका अनुसार बच्चाको अवस्था विग्रेपछि थप उपचारको लागि विराटनगर रेफर गरेको स्विकार गरेका थिए । अर्का एक संचालकका अनुसार विधुतको अभावले भेन्टिलेटर चलाउन नसकेको स्वीकार गरेका छन् । उनका अनुसार विधुतको लागि ट्रान्समिटर जडान गर्ने कार्य कार्य गरिरहेको बताए ।

घटना लुकाउन पीडितलाई ५० प्रतिशत रकम फिर्ता
गाईघाट सिभिल हस्पिटल एण्ड ट्रमा सेन्टर प्रालिका संचालक राम गुरागाइँले घटना लुकाउन पीडितलाई रकम ५० प्रतिशत रकम फिर्ता गरेको छ । प्रसूति गराउन अप्रेशन गर्नु अघि डिपोजितको रुपमा लिएको ३३ हजार रमक मध्ये ५० प्रतिशत अर्थात १६ हजार ५ सय रुपैया अस्पतालका संचालक गुरागाइँले फिर्ता गरेको छ । पीडित पक्षका अनुसार ट्रमा सेन्टरले गल्ती नगरेको भए ५ दिनको बेडको चार्ज, डाक्टर चार्ज र औषधिको पैसा लिन्थ्यो तर, त्यो पनि मिनाहा गरिदिएको बताए । यसले के पुष्टि हुन्छ भने हस्पिटलले केही कमि कमजोरी गरेको छर्लङ्ग देखिन्छ । यस्तै अप्रेशन गरेको ७ दिनसम्म बेड भर्ना गर्नु पर्छ भनेपनि नवजात शिशुको मृत्यु भएको भोलि पल्टै विहानै अस्पतालले डिसचार्ग पेपर तयार गरेर डिसचार्ज गरेका हुन् ।
कानूनी रुपमा ट्रमा सेन्टरले कम्पनी रजिष्टार कार्यालयमा २०७५ भदौ १४ गते, त्रियुगा नगरपालिका गाईघाटमा व्यवसाय दर्ता २०७५ मंसिर १३ गते र त्यसपछि स्थानीय तहको स्वास्थ्य शाखाबाट १५ शैश्याको अनुमति पाएको देखिन्छ ।









