उदयपुर  । सगरमाथा लोकमार्गको काम समय सिमामा सक्ने गरी आन्दोलन पक्ष र ठेक्केदार पक्ष विच सम्झौता भएपछि आन्दोलन स्थगित गरेको हो । मंगलबार त्रियुगा नगरपालिकाको कार्यालयमा सूर्य कन्ट्रक्सन फर्म प्रा.लिका प्रतिनिधि, त्रियुगा नगरपालिका, गाईघाट सडक आयोजना कार्यालय प्रतिनिधि र आन्दोलन पक्ष विच समयमै काम सक्ने सहमतिपछि आन्दोलन स्थगित भएको हो ।
यस्तै सडकसँग जोडिएका खानेपानी पाइप, विधुतको पोल, दुर संचार कार्यालयको तार लगायतसँग सम्पूर्ण काम समयसिमा भित्र गर्ने गरी सहमति भएपछि व्यवसायीहरुको आन्दोलन स्थगित भएको हो ।
सडक निर्माणको ठेक्का अवधि गत मंसिर ३० गते नै सकिएपनि गाईघाट दिक्तेल सडक आयोजनाले पुनः थप ६ महिनामा काम सक्ने गरी म्याद दिईएको थियो । तर, काममा चरम ढिलासुस्ति भएको भन्दै सदरमुकाम गाईघाटका व्यवसायीहरुले चक्का जाम गरेपछि बैशाख मसान्तसम्म काम सम्पन्न गर्ने आन्दोलन पक्ष र ठेक्केदार पक्ष विच सहमति भएको छ । सम्झौता सकिनै लाग्दा समेत सडक, नाली र खानेपानीको काम सम्पन्न नभएको भन्दै व्यापारीहरुले सडक अवरोध गरेका थिए ।
त्रियुगा बसपार्कदेखि मेन चोकसम्म विस्तारित सडकको काममा ढिलासुस्ती भएको, धुलो धुवा खानु परेको व्यापारीहरुको आरोप रहेको थियो । दैनिक रुपमा धुलोबाट आक्रान्त भएपछि सडक अवरुद्ध गर्नुपरेको स्थानिय व्यवसायी अर्जुन चौधरीले वताए । उनका अनुसार ठेकेदार कम्पनीले बजारमा निर्माण गरिएको नालामा प्रयोग भएको स्ल्याप कमसल भएको, सिमेन्टको मात्रा कम लगाएको आरोप लगाए । सडक अवरुद्ध पार्न स्वस्फुर्त रुपमा आफ्नो पसल समेत बन्द गरेर व्यापारीहरु आन्दोलनमा उत्रिएका थिए । व्यापारीहरुले सदरमुकामको मुख्य स्थान टेम्पो चोक र डिएगेटमा विजुलीको पोल ते¥याएर सडक अवरुद्ध पारेका थिए । सडक अवरुद्ध सोमबार विहान १० वजे देखि दिउँसो २ वजेसम्म गरेका थिए ।

तपाईको प्रतिक्रिया