उदयपुर ।  घरेलु तथा साना उद्योग विकास समिति उदयपुरद्वारा दिएको तीन महिने निःशुल्क व्युटिपार्लर तालिम सम्पन्न भएको छ । भगत सर्वजित कार्यक्रम अन्तर्गत श्रृजा व्युटिपार्लर एण्ड ट्रेनिङ सेन्टरको समन्वयमा तीन महिने निःशुल्क व्युटी पार्लर तालिम गाईघाटमा संचालन गरेको थियो ।
जिल्ला समन्वय समितिका उपप्रमुख गंगा राईले तालिमलाई सहि रुपमा उपयोग गर्न सके महिलाहरु आत्मनिर्भर बन्न तालिम महत्वपूर्ण सावित हुने बताइन । बेरोजगारीको समस्याले दिनहु विदेशिने तथा स्वरोजगार बन्न व्युटी पार्लर तालिम महिलाहरुको लागि उपयोगी हुने बताए । उपप्रमुख राईले भने–‘तालिम आफ्नो घर भित्र सिमित नभई आय आर्जनमा मद्धत पुर्याउने खालको भएकोले यस किसिमको तालिम लिएपछि आफैले पार्लर चलाउन आग्रह गर्दछु ।
सीप सिकेपछि त्यसको उपयोग गरेर आत्मनिर्भर बन्न सकिने भएकोले अबसरको सदुपयोग गर्न सुझाव दिए । तालिमले महिलाहरुलाई सिप सिकाएर आय आर्जनमा मद्धत पु¥याउनुको साथै संवेदनशील पेशा भएको बताए । उनले भने– ‘आँखी भौ, नाक, कानको फेसियल गर्दा गलत किसिमको केमिकलयुक्त पेष्टले गर्दा मानिसको अनुहार बिग्रिने, आँखा नदेखिने लगायतको समस्या भएकोले त्यस्तामा सर्तक हुन अनुरोध गर्दछु ।’ पछिल्लो समय महङगो पैसा तिरेर महिलाहरुले सहरी क्षेत्रमा व्युटिपार्लर सम्वन्धी तालिम लिईरहेको अवस्थामा घरेलुले निःशुल्क प्रदान गरेकोले तालिमलाई महिलाहरुले सदुपयोग गर्नुपर्ने बताए ।
१० जनालाई घरेलुले छनोट गरि तालिम दिएको घरेलु तथा साना उद्योग विकास समितिका निर्देशक शम्भुप्रसाद साहले बताए । कार्यक्रमको संचालन राजु तुलाधर र स्वागत श्रृजा व्युटी पार्लर एण्ड टे«निङ सेन्टरका प्राशिक्षक श्रृजना पौडेलले गरेका थिईन् ।

तपाईको प्रतिक्रिया