वन नै भूमाफियाको कब्जामा, अतिक्रमण विरुद्ध प्रर्दशन

वन नै भूमाफियाको कब्जामा, अतिक्रमण विरुद्ध प्रर्दशन
राजेन्द्र महतो, लहान । सिरहाको गोलबजार नगरपालिका ९ स्थित पूर्वपश्चिम राजमार्ग छेउमा रहेको वन बुट्यान भएको करोडौं पर्ने सार्वजनिक जग्गा अतिक्रमण भएपछि त्यस विरुद्ध विहिबार राजमार्ग अवरुद्ध गरी प्रर्दशन भएको छ । राजमार्ग छेउमा रहेको वन बुट्यान भएको करोडौं पर्ने सार्वजनिक जग्गा भूमाफियाले राजनीतिक दलका नेताहरूको सहयोगमा निजीकरण गरिएको विरोधमा स्थानीय बासिन्दाहरुले प्रदर्शन गरेका हुन् । स्थानीयहरुल...

वन अतिक्रमण गरेको आरोपमा ७ जना पक्राउ

वन अतिक्रमण गरेको आरोपमा ७ जना पक्राउ
उदयपुर । उदयपुरको बेलका नगरपालिका ३ एकता टोलमा बन अतिक्रमण गरेको आरोपमा ७ जना पक्राउ परेको छ । वन अतिक्रमण गरेको आरोपमा उनीहरुलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा स्थानीय जयकुमार माझी, खगेन्द्र माझी, नरेश माझी, धनबहादुर राई, अनुप राई, विकास राई र इसाक याक्खालाई पक्राउ परी लगेको छ । उनीहरु सबै वडा नं. ३ कै बासिन्दा हुन् । नगरपालिकाको उत्पादन क्षेत्रभित्र पर्ने उक्त ठाउँ बनको नभई नदी उकास भएको स्था...

कल्याणपुर नगरपालिकाका मेयर विरुद्ध विशेष अदालतमा मुदा दायर

कल्याणपुर नगरपालिकाका मेयर विरुद्ध विशेष अदालतमा मुदा दायर
लहान, साउन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कल्याणपुर नगरपालिकाका मेयर सूर्यनाथ मण्डलविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । नगर क्षेत्रमा भएका विकास निर्माणको भुक्तानी दिन उनका छोरा सन्तकुमार मण्डललाई लगाएर पाँच लाख रुपैयाँ घुस लिएको अख्तियारले फेलापारेपछि मेयर र उनका छोरा सन्तकुमार मण्डलविरुद्ध विशेष अदालतमा मुद्दा दायर भएको हो । पक्राउ परेका छोरामाथि छानबिन गर्दा मेयर मण्डलको पनि संलग्...

सवारी पास वितरण बन्द गर्न गृह मन्त्रालयको निर्देशन

सवारी पास वितरण बन्द गर्न गृह मन्त्रालयको निर्देशन
काठमाडौं । कोरोना संक्रमण फैलँदै गएपछि बिहीबारदेखि सवारी पास वितरण बन्द गर्ने गृह मन्त्रालयको निर्णय गरेको छ । बिहीबारदेखि लागू हुने गरी पास वितरण बन्द गर्न गृह मन्त्रालयले ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई बुधबार पत्राचार गरेको छ । यसअघि जिल्ला प्रशासन कार्यालयहरुले अन्तरजिल्ला सवारी पास जारी गर्दै आएका थिए । गत सोमबार बसेको मन्त्रिपरिषद् बैठकले काठमाडौं उपत्यका र सक्रिय संक्रमित २ सय नाघेका जि...

मिर्चैया नगरपालिकामा व्यापक अनियमितता

मिर्चैया नगरपालिकामा व्यापक अनियमितता
राजेन्द्र महतो, लहान । सिरहाको मिर्चैया नगरपालिका पनि आर्थिक अनियमितताको सबालमा अछुतो रहन सकेन् । नगरपालिकामा आर्थिक अनियमितता, भ्रष्टाचार र शक्ति दुरुपयोग भएको भन्दै स्थानीयहरुले पारदर्शीताको माग गरेको छ । कोरोना भाइरस नियन्त्रण तथा रोकथामका लागि मिर्चैया नगरपालिकामा व्यापाक भ्रष्टाचार भएको भन्दै खर्च विवरण पुर्ण रुपमा पारदर्शी गर्न जनता समाजवादी पार्टीका युवा नेता रामेश्वर यादवले माग गरेका छन्...

दुई ट्रयाक्टर अबैध सालको काठ सहित ६ जना पक्राउ

दुई ट्रयाक्टर अबैध सालको काठ सहित ६ जना पक्राउ
राजेन्द्र महतो, लहान । सिरहाको धनगढीमाई नगरपालिका १४ बाट डिभिजन बन कार्यालय लहानले ठूलो परिमाणमा दुई ट्रयाक्टर अवैध सालको काठ सहित छ जनालाई पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा डिभिजन बन कार्यालय लहानबाट खटिएको टोलीले धनगढीमाई नगरपालिका १४ स्थित सोमबार राति चुरे जङ्गलबाट कटान गरी अवैध रूपमा ल्याउँदै गरेको ना.४ त. ८७२८ र स. १ त. ५२९७ नम्बरको ट्याक्टरलाई नियन्त्रणमा लिएको हो । चिरान गरेको ६९ थान...

एउटै वडामा ८ जनामा कोरोना संक्रमण

एउटै वडामा ८ जनामा कोरोना संक्रमण
राजेन्द्र महतो, लहान । सिरहाको सुखीपुर नगरपालिका भित्र भएको पिसिआर टेष्टमा मंगलबार एकै वडाका ८ जनाको कोरोना रिर्पोट पोजेटिभ देखिएपछि साउन ३२ गतेसम्म लकडाउन तथा अत्यावश्यक बाहेकका सबै कामकाज बन्द गर्ने निर्णय गरेको छ । यो अबधिमा अत्यावश्यक सेवा बाहेक हाटबजार पसल ,होटेल र निजी सरकारी कार्यालय बैंक तथा वितिय संस्था बन्द गर्ने निर्णय गरिएको छ । त्यस्तै, सिरहाको बिष्णुपुर गाउँपालिकाले कोरोना भाइरसको ...

उदयपुरको तीन नगरपालिकामा भदौं ७ गतेसम्मका लागि निशेधज्ञा जारी

उदयपुरको तीन नगरपालिकामा भदौं ७ गतेसम्मका लागि निशेधज्ञा जारी
उदयपुर । जिल्लाको दुई नगरपालिकामा मात्रै कोरोना संक्रमितको संख्या मंगलबार १५ जना थपे संगै उदयपुरमा उच्च सतर्कता अपनाई निशेधज्ञा जारी गरेको छ । जिल्ला विपद् व्यवस्थापन समिति र जिल्ला सुरक्षा समितिको मंगलबार बसेको बैंठकले त्रियुगा, चौदण्डीगढी र बेलका नगरपालिकामा साउन २८ गते राति १२ बजेदेखि भदौं ७ गतेसम्मका लागि निशेधज्ञा जारी गरेको छ । संक्रामक रोग नियन्त्रण ऐन २०२० को दफा २ र स्थानीय प्रशासन ऐन २...

प्रदेश १ मा मंगलबार ९८ कोरोना संक्रमित थपिए

प्रदेश १ मा मंगलबार ९८ कोरोना संक्रमित थपिए
विराटनगर । प्रदेश नं. १ मा मंगलबार ९८ जना कोरोना संक्रमित थपिएका छन् । यो अहिले सम्मकै उच्च संख्या हो । मोरंग ६१, सुनसरीमा १८, उदयपुरमा १५, झापामा २ , इलाम र ताप्लेजुङमा १–१ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । विराटनगरमा मात्र मंगलबार ५० जनामा संक्रमण देखिएको छ । विराटनगरका २१ महिला र २९ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ । मोरंगको बुढीगंगामा १० पुरुष, बेलबारीमा १ पुरुष, सुनसरी...

मालपोत कार्यालय उदयपुरका ६ जना कर्मचारी सहित १५ जनामा कोरोना संक्रमण

मालपोत कार्यालय उदयपुरका ६ जना कर्मचारी सहित १५ जनामा कोरोना संक्रमण
उदयपुर । मालपोत कार्यालय उदयपुरका ६ जना कर्मचारी सहित १५ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । त्रियुगा नगरपालिकाका ८ जना र बेलका नगरपालिकाका ७ जनामा कोरोना पुष्टी भएको जिल्ला स्वास्थ्य कार्यालय उदयपुरका प्रमुख मोहन सुवेदीले जानकारी दिए । संक्रमित हुने मालपोत कार्यालयका कर्मचारीहरुमा २६, ३२, ३८, ४२ र ४४ वर्षिय पुरुष र ३२ वर्षिय महिला रहेका छन् । मालपोत कार्यालयका कर्मचारी कै परिवारका ३० र ६२ वर्ष...