उदयपुर । उदयपुरमा अवैध काठ सहित ट्याक्टर पक्राउ परेको छ । जिल्ला भित्र रहेको बिभिन्न प्राकृतिक स्रोत साधनहरुको अबैध रुपमा हुने चोरी निकासी नियन्त्रण गर्ने अभियान अन्तर्गत आइतबार विहान ९ः१५ बजे रौतामाई गाउँपालिका ७ मुर्कुचीबाट गाईघाट तर्फ आउँदै गरेको अवैध काठ सहित ट्याक्टर पक्राउ परेको छ ।

उत्तिस जातको काठ सहित को. २ त ६०६० नम्बरको ट्याकटरलाई विशेष सुचनाको आधारमा प्रहरी चौकी सुकौराबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरका एसपी भिमबहादुर दाहालले जानकारी दिए । उनका अनुसार काठ र ट्याकटर नियन्त्रणमा लिई अनुसन्धान पश्चात आवश्यक कार्वाहीको लागि सव डिभिजन कार्यालय भुट्टार पठाईएको जानकारी दिए ।

यस विषयमा डिभिजन वन कार्यालय त्रिवेणीका प्रमुख उपेन्द्रप्रसाद पटेलसँग सम्पर्क गर्दा निजी वनको काठ भएको बताए । ट्रक निजी वन भएको व्यक्तिको घरसम्म नजाने भएपछि ट्याक्टरमा ओसारपोसार गरेको प्रमुख पटेलले बताए ।

तपाईको प्रतिक्रिया