राजेन्द्र महतो, लहान । सिरहाको कल्याणपुर नगरपालिकाका उपमेयर र निमित्त प्रमुख प्रशासकीय अधिकृतलाई पनि कोरोना संक्रमण पुष्टि भएको छ । मेयर सूर्यनाथ मण्डल अख्तियार दुरुपयोग आयोगको निलम्बनमा परेपछि कार्यवाहक प्रमुखको रुपमा काम गर्दै आएकी उपमेयर रोहिनी कुमारी यादव र निमित्त प्रमुख प्रशासकीय अधिकृत जयकुमार दासलाई कोरोना संक्रमण पुष्टि भएको हो ।
कोरोना संक्रमित उपमेयर यादव अहिले होम आइसोलेसनमा बसेकि छिन भने निमित्त प्रमुख प्रशासकीय अधिकृत दासलाई चन्द्र माध्यमिक विद्यालयको आइसोलेसनमा राख्ने तयारी भरहेको जिल्ला स्वास्थ्य प्रमुख कृष्णदेव यादवले जानकारी दिए । सिरहामा समुदाय स्तरमा कोरोना संक्रमण फैलिएको छ ।









